आर्थिक अभावले निम्त्यायो यस्तो खतरा, उपचार नपाउँदा मनसराको ज्यान जोखिममा

  • रुपेन्द्र ऐडी ।
कालीकोट।

कालिकोटको रास्कोट नगरपालिकाकि एक वालिकाको आँखामा चोट लाग्दा उनको ज्यान जोखिममा परेको छ । आर्थिक अभावका कारण समयमै उपचार नहुँदा बालिकाको ज्यान जोखिममा परेको हो।

रास्कोट नगरपालिका ७ निवासि रने कामी (लुहार)को चार वर्षिया छोरी मनसरा कामीको गएको फागुनमा पानिको नहरमा लडेर सामान्य चोट लागेको थियो । 

सामान्य चोट पटक लागेको घाउ समयमा उपचार नहुँदा आँखाको नानि फुटेर ज्यानै जान सक्ने खतरा भएको हो । वालिकाका वुवा रने कामीले जिल्ला सदरमुकाम मान्ममा ल्याएर उपचारका लागि सहयोग गरिदिनुहुन सबैलाई अनुरोध गरेका छन । 

सोही वडाका कालि बहादुर महताराले विभिन्न निकायमा सहयोगका लागि पहल गरेका छन् । रने कामीका अनुसार आफु बाहिर भएको अवस्थामा वालिकालाइ चोट लागी उपचारका लागि पहल गर्न नसक्दा आँखाको भित्रि भागबाट मासु बढ्दै गएको थियो ।

आँखाको बिरामका कारण अहिले बालिकाले खाना नखाएको पाँच दिन भएको उनका बुवा रनेले बताएका छन ।

हिमचुलि कृषि सहकारी संस्थाका कार्यकारी प्रमुख भिम प्रसाद बरालले उपचारका लागि भाडा वापत चार हजार रकम सहयोग गरेका छन् । त्यसै गरी सानिमा बैंकका कर्मचारी लगायतले सहयोग गरेको बताइएको छ । 

मनसराको उपचारका लागि सहयोग गर्न विभिन्न निकायलाई आफन्तहरुले अनुरोध गरेका छन । सहयोगका लागी इमान्दार मिडिया प्रालीको केन्द्रीय कार्यालय काठमाडौँमा ९८४६०१७००० मा पनि सम्पर्क गर्न सक्नुहुने छ ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...