गुमेको शक्ति आर्जन गर्न पूर्व राजपरिवारले थाल्यो यस्तो अनौठो पूजा (के गर्न खोज्दैछन ज्ञानेन्द्र )



काठमाडौं। 

गुमेको शक्ति पुनः फिर्ता गर्ने पूर्वराजपरिवारको अभियान जारी छ । जेठ २३ गते मंगलबार गोरखनाथ मन्दिरमा रुद्राभिषेक गरी पूर्वराजा ज्ञानेन्द्र शाहले पश्चिम नेपालको यात्रा तय गर्ने निधो तय गरेका छन् । तरुण साप्ताहिकले समाचार छापेको छ ।

ज्योतिषशास्त्रअनुसार ‘भौम प्रदोष’ को समयमा रुद्राभिषेक गरिए गुमेको शक्ति प्राप्त हुन्छ, विपरित र कठिन परिस्थितिबाट छुटकारा मिल्छ, पैतृक ऋणबाट पनि छुटकारा मिल्छ । मंगलबार साँझ पहिलो प्रहारमा त्रियोदशी तिथि परेको समयलाई ‘भौम प्रदोष’ मानिन्छ । यस्तो समय १२ वर्षमा एकपल्ट आउँछ ।

संयोगले यसपटक जेठ २३ गते मंगलबार साँझमा द्वदशी तिथि समाप्त भई त्रियोदशी तिथि अर्थात् ‘भौम प्रदोष’को समय जुरेको छ । संयोगले त्यो दिन अग्निबास र कलश चक्रसमेत परेको छ ।

स्रोतका अनुसार ज्योतिषीहरूसँग सल्लाह गरी भ्रमणको तिथि मिति मिलाउने तथा मान्छेहरूसँग भेटघाट गर्ने समय मिलाउने जिम्मा पूर्वराजाले बुहारी हिमनीलाई नै दिएका छन् ।

निर्मल निवासको निर्णायक तहमा हिमानी पुगिसकेको दाबी समाचार स्रोतको छ । पूर्वयुवराज पारश शाह र हिमानीको सम्बन्ध अझै सुध्रिसकेको छैन् ।

जाँडरक्सी गाँजा,चरेशको कुलतबाट मुक्त भएर पूर्वयुवराज पारस पनि मठमन्दिर दर्शनलगायत धार्मिक यात्रामा लागिसकेको निकटका साथीहरू बताउँछन् ।


, ,

प्रतिकृया दिनुहोस्

Loading...