भारतको योजनामा सरकारबाटै मधेस टुक्र्याउने खेल सुरु, मजपा अध्यक्ष कलवारले गरे खुलासा

  • काठमाडौँ ।
मधेशी जनता पार्टीका अध्यक्ष महेश कलवारले देउवा नेतृत्वको सरकारले मधेशलाई टुक्र्याउने खेल सुरु गरेको बताएका छन् ।

मधेशमा एकै पटक चुनाव गर्न सकिने बाताबरण हुँदाहुँदै सरकारले चुनाव असोजमा सार्नुले यस्तो खेल सुरु गरिएको प्रमाणित भएको बताएका हुन्।

भारतीय ग्राण्ड डिजाइनमा राष्ट्रिय जनता पार्टीको दबाब खेप्न नसकेर सरकारले प्रदेश नम्बर २ को चुनाव असोज २ गते सारेको भन्दै कलवारले यस्तो गम्भीर आरोप लगाएका हुन् ।

मधेशमा चुनाव एकै पटक गर्नुपर्नेमा सरकारले भारतीय डिजाइन अनुसार नै चुनाव सारेको भन्दै कलवारले देउवा सरकारले भारतको योजना अनुसार नै मधेशलाइ अलग राज्य बनाउने खेल खेलेको प्रमाणित भएको बताए।

इमान्दार मिडियासँग कुरा गर्दै अध्यक्ष कलवारले भने 'सरकारले चाहेको भए चुनाव जसरी पनि असारमै गर्न सक्थ्यो ।' पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भइसकेकोले राज्यको सम्पूर्ण शक्ति मधेशमा केन्द्रित गरेर असारमा नै चुनाव गर्नुपर्ने कलवारको भनाइ छ।

असारको चुनाव असोजमा सारेर सकार नै मधेश र पहाडबिचको खाडललाई झन् मजबुत बनाउदै मुलुक टुक्र्याउने दिशातिर लागेको आरोप कलवारले लगाएका छन्।

देउवा प्रधानमन्त्री हुने बित्तिकै भारतीय मिडियाले 'भारत समर्थक देउवा नेपालका प्रधानमन्त्री बने' भनेर खुसि ब्यक्त गर्दै समाचारका मुख्य हेडलाइन बनाउनु र नेपालमा देउवा नेतृत्वको सरकारले यस्तो विवादास्पद निर्णय गर्नु कुनै संयोग नभएको भन्दै  कलवारले यो योजनाबद्द खेल भएको बताएका छन्।

२०७४ असार २ गते प्रकाशित

यो पनि पढ्नुहोस् 

, ,

प्रतिकृया दिनुहोस्

Loading...