गृहमन्त्री शर्माले दाङ पुगेर भने सुरक्षाको जिम्मा म लिन्छु, तपाईँहरु मत किनबेच हुन नदिनुस्

  • दाङ ।
माओवादी केन्द्रका नेता एवंम गृहमन्त्री जनार्दन शर्माले दाङ पुगेर आफ्ना कार्यकर्तालाई चुनावमा भोट किनबेच गर्न नदिन निर्देशन दिएका छन्। 

दोश्रो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने दावी गर्दै शर्माले भने ‘शान्तिसुरक्षाको प्रत्याभुति सरकारले दिन्छ, यसमा तपाईँहरु ढुक्क हुनुहोस् र चुनावमा निर्भिक भएर सहभागी हुनुहोस्’, 

दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुवाङ पुल्चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले शान्ति सुरक्षाको पूर्ण रुपमा प्रत्याभुति सरकारले दिलाउने बताएका हुन्।

शर्माले शान्तिसुरक्षाको प्रत्याभुति सरकारले दिएपनि मत किनबेच हुन सक्ने भन्दै त्यसतर्फ सचेत रहन आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन्। 

‘चुनावमा जनताको मत किनबेच हुनसक्छ, यसप्रति चनाखो हुनुहोला र कुनै डर नमानी भोट हाल्नुहोला’, उनले भने।

शर्माले अबको राष्ट्रिय एजेण्डा आर्थिक समृद्धि भएको भन्दै राजनीतिक इच्छाशक्ति भए अबको १० वर्षमा नेपाललाई आर्थिक रुपमा समृद्ध बनाउन सक्ने दावी गरे।

२०७४ असार ११ गते प्रकाशित

, , ,

प्रतिकृया दिनुहोस्

Loading...