तामाङ फाउण्डेशनको पत्रकार सम्मेलन सम्पन्न

  • भक्तपुर । 
तामाङ फाउण्डेशन नेपालले सम्पूर्ण तामाङहरुलाई समेटेर हक अधिकारलाई संरक्षण गर्ने उद्देश्यका साथ आज पत्रकार भेटघाट कार्यक्रम गरेको छ । 

रफत सञ्चार क्लबमा आयोजित पत्रकार भेटघाटमा फाउण्डेशन नेपालका अध्यक्ष अरुण घिसिंङले तामाङहरुका हक अधिकारका खुलेका बिभिन्न संघ संस्थाहरु खुलेता पनि तामाङहरुको कला संस्कृतिको संरक्षण र प्रवद्र्धनमा खासै भूमिका निर्वाह नभए पश्चात कला संस्कृतिको संरक्षण र प्रवद्र्धनकै लागि उक्त फाउण्डेशनको आवश्यकता रहेको जानकारी दिए । 

फाउण्डेशनले दैविक प्रकोपमा परेकालाई सहयोगका साथै विभिन्न पाँच जिल्लामा एम्बुलेन्स छिट्टै बितरण गर्ने समेत पत्रकार भेटघाटमा जानकारी गराईएको थियो । 

फाउण्डेशनको आर्थिक संकलन भनेको आमा तामाङ समुदाय रहेको र देश र बिदेशमा रहेका तामाग समुदायको जुन सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् त्यसमै निर्भर रहने समेत जानकारी गराईएको थियो । 

अध्यक्ष घिसिंडले फाउण्डेशनले नेपालमा खुलेका अन्य तामागं समुदायहरुसँग आवद्ध रहेका बिभिन्न संघ संस्थाहरुसँग सहकार्य गरि अगाडी बढ्नुका साथै सबै पक्षको सहयोगमा अग्रसर रहने जानकारी दिए । 

सो समुदायका तमामखाले समस्या समाधानका लागि आगामी भदौ ९ गते फाउण्डेशनले नेपाल राष्ट्रिय नाच घर जमलमा बृहत साँस्कृतिक कार्यक्रम सहतिको घोषणा सभा गर्ने भएको छ । 

कार्यक्रमा उपत्यका लगाएत बिभिन्न जिल्लाका प्रतिनिधि र संञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

,

प्रतिकृया दिनुहोस्

Loading...