मधेसी नेतालाई फकाउदै प्रधानमन्त्री भने : चुनावमा आउनोस्, म संविधान संशोधन गर्छु

  • काठमाडौँ। 

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सर्वस्वीकार्यता बढाएर स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउने योजनामा सरकार रहेको बताएका छन् । 

व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष समय लिएर बोल्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि प्रमुख प्रतिपक्षी दलको समेत सहमतिमा संविधान संशोधन प्रक्रिया अगाडि बढाइने वचनबद्धता प्रकट गरे । 

भरतपुर महानगरपालिकामा मात्रै पहिलो पटक मतपत्र च्यातिएको नभई अन्यत्र पनि त्यस्तो घटना भएको स्मरण गराउँँदै प्रधानमन्त्री देउवाले यस विषयमा निर्वाचन आयोगले लिएको निर्णय र यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको समेतलाई सबै दलले सोही आधारमा बुझ्ने र लिनुपर्ने बताए । 

आफू सधै समावेशी समानुपातिक प्रतिनिधित्वको पक्षमा भएको र सोही पक्षमा अनवरत सङ्घर्ष गर्दै आएको स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले संविधानले प्रत्याभूत गरेको विषयमा आफू प्रस्ट रहेको बताए । 

विगतमा पटक÷पटक सहमतिको प्रयास भएको भए पनि सहमतिको वातावरण बन्न नसकेको स्मरण गर्दै प्रधानमन्त्रीले आफू सधैँ राष्ट्रिय सहमति र सहकार्यमै विश्वास गर्ने र सोहीअनुसार अगाडि बढ्ने बताए । 

नेकपा (एमाले)का नेता माधवकुमार नेपाललाई आफ्नो पार्टीले प्रधानमन्त्री बनाउन सहयोग गरेको प्रसङ्ग अघि सार्दै प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल राज्यको अङ्ग नै भएकाले उसलाई उचित जिम्मेवारी र भूमिका दिइने वचनबद्धता प्रकट गरे। 

मधेसी जनताको भावनानुसार संविधान संशोधन जरुरी रहेको र स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधन गरिने प्रतिबद्धतालाई उनले पटकपटक दोहो¥याए । 

प्रधानमन्त्री देउवाले भन – “विगतमा संविधान संशोधन प्रस्ताव पारित गर्ने अवस्था रहेन । तर अब मधेस केन्द्रित दलले निर्वाचनमा भाग लिनुपर्छ । म संविधान संसाेधन गरेरै छाड्छु ।” 

,

प्रतिकृया दिनुहोस्

Loading...