गणतन्त्र नेपालका प्रधानमन्त्री देउवा बोकाको बलि दिएर ५ बजे बालुवाटार सर्ने !

  • काठमाडौं। 
गणतन्त्र नेपालका ९ औ प्रधानमन्त्री बनेका शेरबहादुर देउवा ज्योतिषको सल्लाह अनुसार १४ दिनपछि सरकारी निवास बालुवाटार सर्ने  भएका छन् ।

साइत हेराउँदै जाँदा असार ५ मा उपयुक्त समय मिलेपछि १४ दिनपछि प्रधानमन्त्री देउवा बालुवाटार सर्न लागेका हुन् । 

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले पाँच असारमा बालुवाटार सर्ने गरी तयारी भइरहेको जानकारी दिए ।

सोमबार पाँच बजे बालुवाटार प्रवेश गरिसकेपछि ६ बजेभित्र पूजाआजा गरिसक्ने गरी तालिका तय भएको बुढानिलकण्ठ स्रोत बताउँछ ।

यसअघिका प्रधानमन्त्रीहरूले बालुवाटार सर्दा गर्ने गरेको जस्तै पूजाको विधि गर्ने तयारी छ । पूजासहित बोकाको बलिसमेत दिने तयारी रहेको प्रधानमन्त्रीनिकट स्रोत बताउँछ ।

यो पनि पढ्नुहोस्

प्रचण्डलाई भैंसी पुजा गर्न लगाउने कृष्णदासजीले देउवाबारे गरे गम्भीर भविष्यवाणी !

,

प्रतिकृया दिनुहोस्

Loading...