सत्तारुढ दलसँगको बार्ता असफल भएपछि राजपा नेताले भनेः कसरी चुनाव हुँदो रहेछ हेरौंला

  • काठमाडौं ।

सत्तारुढ दल नेपाली काँग्रेस - माओवादी केन्द्र र  राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बीचको बार्ता असफल भएको छ । 

आइतबार सिंहदरबारमा भएको भएको बैठक निष्कर्षहिन भएपछि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अब आफूहरु आन्दोलनमा जानुको कुनै विकल्प नभएको बताएको छ । 

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै राजपा नेता अनिल झाले बैठकमा आफुहरुले स्थानीय तहको संख्या बढाउने, संविधान संसोधन गर्ने र हाम्रा कार्यकर्तालाई लगाएका मुद्दा फिर्ता लिने विषयमा सत्तारुढ दलहरुलाई आग्रह गर्दा उनीहरु निरिह देखिएको प्रतिक्रिया दिएका छन्  ।

उनले भने, ‘अब हामीहरु छिटै बैठक बसेर आन्दोलनका कार्यक्रम घोषणा गर्छौ, राजपालाई बाहिर राखेर कसरी चुनाव हुँदो रहेछ हेरौं ।’

बैठकमा सहभागी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकार गठबन्धनका नेताहरुले अत्यन्तै लचिलो भएर राजपालाई चुनावमा ल्याउन राजनीतिक दल सम्बन्धी स्थानीय निर्वाचन ऐन संसोधनको कुरा अघि बढाउने जानकारी दिएको बताए । 

उता, कांग्रेस नेता रामचन्द्र पौडेलले भने बैठकमा राजपा नेताहरुले स्थानीय तहको संख्या थप्ने सरकारको निर्णय कार्यान्वयनका लागि सर्वोच्चमा भ्याकेट हाल्न माग गरेको बताएका थिए ।

२०७४ जेठ २८ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...