चुनाव बहिस्कारमा जुटेको राजपा नेता-कार्यकर्ता देख्नसाथ पक्राउ गर्दै प्रहरी

  • कपिलवस्तु । 
चुनाव बहिस्कारमा जुटेको राष्ट्रिय जनता पार्टीका नेता-कार्यकर्तालाई प्रहरीले देख्नसाथ पक्राउ गर्न सुरु गरेको छ ।

कपिलवस्तुबाट राजपाका केन्द्रीय सचिव रवि दत्त मिश्रालगायत दर्जनौं नेता-कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै राजपाका केन्द्रीय सदस्य मंगल प्रसाद गुप्ता लागायत ६ जनालाई कृष्णनगर प्रहरीले पक्राउ गरेकाे छ।

नवलपरासीको प्रतापपुर गाउँपालिका गाउँपालिको निर्वाचन कार्यालय अगाडि प्रदर्शन गरिरहेका केन्द्रीय सदस्य रामअवतार कोइरी, करमहुसेन अन्सारी, महातम गौड, नाथुसिंह थापा क्षेत्रिय सभापति रामपृत यादवसहित दर्जनभन्दा बढी नेता-कार्यकर्तालाई पक्राउ गरेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...