एमालेबिनै सरकार र शीर्ष राजपा नेताहरुबीच सिंहदरबार वार्ता

  • काठमाडौं ।

सत्तारुढ दल कांग्रेस माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरुको वार्ता सुरु भएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) लाई निर्वाचनमा सहभागी गराउन बोलाएको प्रमुख चार दलको जारी बैठकमा प्रमुख प्रतिपक्ष एमाले भने सहभागि भएको छैन । 

एमालेलाई बोलाइए पनि उसले हिजै बिहीबारको बैठकमा सहभागि नबन्ने बताएको थियो । यद्यपी सरकारले असार १४ मा तोकिएको निर्वाचन पुनः सार्ने संकेत दिएकाले एमाले उक्त बैठकमा सहभागि नभएको बताइएको छ । एमाले नेता प्रदीप ज्ञवालीले एमालेका अडान कायमै रहेको र हिजै आजको बैठकमा सहभागि नहुने जनाउ दिएकाले आजको बैठकमा एमाले नगएको बताए । 

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भइरहेको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाका साथै कांग्रेस नेताहरु कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि छन् । माओवादीबाट अध्यक्ष प्रचण्डका साथै नारायणकाजी श्रेष्ठ प्रकाश र मातृका यादव छन् भने गृहमन्त्री जनार्दन शर्मा पनि बैठककमा सहभागी छन् ।

राष्ट्रिय जनता पार्टीबाट महन्थ ठाकुर, महेन्द्र यादव र शरदसिंह भण्डारी सहभागी छन् भने संघीय लिम्बुवान पार्टीका कुमार लिंङ्ग्देन पनि बैठकमा सहभागी छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...