चुनावको मुखैमा एमालेका मेयर उम्मेदवार नै माओवादी केन्द्रमा प्रवेश

  • उदयपुर । 

दोस्रो चरणको स्थानिय निकाय निर्वाचन नजिकिएका बेला एमालेलाई भने कार्यकर्ता सम्हाल्नै मुश्किल परेको छ । यस्तैमा चौदण्डीगढी नगरपालिकाको लागि एमालेबाट मेयरमा सिफारिस भएका कुमारसिंह कार्की माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

कार्कीलाई माओवादीले चौदण्डीगढी नगरपालिकाको मेयर पदमा उम्मेदवार दिने समेत घोषणा गरेको छ । माओवादीवाट उनको उम्मेदवारीको घोषणा पछि उदयपुरमा नयाँ तरङ्ग ल्याइदिएको छ । सबै पार्टी पंक्तिमा उदयपुरमा अहिले यही विषयले चर्चा पाएको छ ।

बुधबार नै उम्मेदवारीको घोषणा गर्दै कार्कीको स्वागतमा माओवादी केन्द्रले स्थानीय बेल्टार बजारमा विशाल ¥यालि समेत निकालेको छ । पार्टीले फूलमाला र बाजागाजा सहित उनलाई स्वागत गर्दै बजार परिक्रमा गराएको थियो ।

माओवादी केन्द्रले आफूलाई उच्च सम्मानका साथ चौदण्डीगढीको मेयर पदमा उम्मेदवारी बन्ने अवसर दिएकोमा कार्कीले पार्टीप्रति आभार व्यक्त गरेका छन् । उदयपुर जिल्लाको समग्र समृद्धिलाई मध्यनजर गर्दै विभिन्न परियोजनाको कल्पनाका साथै कार्यन्वयनमा आफू प्रतिबद्ध भएर लाग्ने बताए । उदयपुरलाई समृद्ध जिल्ला र नगर बनाउने परिकल्पना सहितको आफ्नो अभियानलाई सबैका साथ र सहयोग आवश्यक रहेको उनी बताउँछन ।

,

प्रतिकृया दिनुहोस्

Loading...