कम्युनिष्ट पार्टीद्वारा भ्रष्ट्राचारीमाथि भौतिक कारवाही सुरु, पहिलो निसानामा परे मानध्वज



रौतहट ।

स्थानीय तहको चुनाव खारेजी अभियानमा रहेको नेपाल कम्युनिष्ट पार्टीले भ्रष्टचार तथा अनैतिक काम गर्नेहरुबीरुद्ध भौति कार्वाहि पनि सुरु गरेको छ ।

सोहि क्रममा नेकपाले मंगलवार अपरान्ह रौतहटका एक ब्यात्तिमाथि भौतिक कार्वाहि गरेको छ ।

चन्द्रपुर नगरपालीका वडा नम्बर २ हिलेखोलाका मानध्वज थिङ खाइवा माथि भौतिक कार्वाहि गरेको नेकपा रौतहटका जिल्ला जनसरकार प्रमुख रामलालले जानकारी दिएका छन्। उनलाई जुटबेला २ हिलेखोलामा रहेको उनको पसलमा तास खेलिरहेको अबस्थामा कार्वाहि गरेको नेकपाले जनाएको छ ।

जुटबेलाको लालभित्ते सामुदायी बनका अध्यक्ष तथा स्थानीय ब्यापारी मान्ध्वजमाथि भ्रष्टचार, तथा पार्टीका कार्यकर्तालाई सुराकि गरि पक्राउ गरेको कारण पार्टीले भौतिक कार्वाहि गरेको नेकपाले जनाएको छ ।

कम्युनिष्ट पार्टीले सुरु गरेको यो पहिलो भौतिक कार्वाहि भएको जनाउदै अब भष्टचार गर्ने , महिलाहरुमाथि अश्लिल ब्यावहार देखाउने , तथा पाटीबिरुद्ध गएर सुराकि गर्ने र बिभिन्न झुठा मुद्धामा फसाउने कार्यमा संलग्न सबैलाई यसरी नै भौतिक कार्वाहि गर्ने चेतावनी समेत उनले दिएका छन् ।

कालो मोसो दल्ने र चेतावनी दिने पहिलो चरण भएको भन्दै उनले यदि त्यस्तो गर्दा पनि नसुध्रिएमा भौतिक कार्वाहि गर्न पार्टी बाध्य हुने चेतावनी दिए ।


,

प्रतिकृया दिनुहोस्

Loading...