यस्तो छ तपाईको आजको दिन, हेर्नुहोस् ७ आषाढ २०७४, बुधवारको राशिफल


बिक्रम सम्बत २०७४ आषाढ ७  गते बुधवार
द्वादशी तिथि , विश्व योग दिवस/ संगीत दिवस

( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ )

मेष

बढि अलमल हुनेछ,समयमा काम गर्न सकिने छैन । खर्चालु काममा बढि हुनेछन् । यात्रा गर्दा बढि दुःख,कष्ट हैरानी हुने देखिन्न । व्यापारबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।

बृष

समयको सदुपयोग गर्नु होला । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । आय आर्जनका दृष्टि दिन राम्रै देखिन्छ । व्यापार व्यवासयबाट आम्दानी बढ्नेछ । घर परिवारमा सुख,शान्ति मिल्ने छ ।

मिथुन

सहज र सरल तरिकाले काम सम्पादन् हुनेछन् । तपाईको भरोसामा अरुले पनि काम गर्ने छन् । काम गर्ने जोश जागर बढ्नेछ । बोलिको प्रभाव राम्रै पर्नेछ । सहानुभूति मिल्नेछ ।
कर्कट

दिन मध्यम खालको छ । भाग्यले साथ दिदा अगाडि बढ्न सजिलो हुनेछ । आफन्तबाट सहयोग अल्प मिल्नेछ । अरुको काममा बढि व्यस्त हुदा आफ्ना काम अधुरा रहने देखिन्छ ।

सिंह

समयले साथ दिने छैन । असजिलो महशुस हुनेछ । सोचाईको विपरित काम हुने छन् । व्यापार व्यवसायमा मन्दि आउने छ । अहार विहारका कारण स्वास्थ्य कामजोर हुनेछ ।

कन्या

अवसर आउनेछ सदुपयोग गर्न पछि नपर्नु होला । गरेका अधिकाँश काम सफल हुनेछन् । वैदेशिक कारोवारमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।

तुला

प्रतिश्पर्धा गरेर भए पनि अगाडि बढ्नु होला अवस्य सफलता मिल्नेछ । लगानी कम गरि काम गर्र्ने प्रयत्न गर्नु होला । आम्दानीका नयाँ स्रोत फेला पर्ने छन् । शत्रुको उदय हुनेछ ।

बृश्चिक

भ्रमबाट मुक्त भई काम गर्नु होला सफल हुनुहुनेछ । व्यापार व्यवसायबाट सामान्य लाभ होला । अरुको भर विश्वासमा परेर काम नगर्नु होला दुःख,कष्ट हैरानी बढि हुनेछ ।

धनु

घरयासी समस्याबाट पीडित हुनु पर्ला । पैतृक सम्पतिको विषयमा विवाद पर्न सक्छ । आर्थिक कारोवारले टाउको दुखाउनेछ । व्यापार व्यवसायमा खासै प्रगति हुने छैन । पारिवारिक सहयोग मिल्नेछ ।

मकर

पराक्रम बढ्नेछ । परिवारको सहयोग लिएर काम गर्नु भयो भने बढि उपलब्धि हासिल हुनेछ । उद्योग धन्दा बन्द व्यापारमा प्रगति हुनेछ । नयाँ योजनाहरु अगाडि बढ्ने छन् ।

कुम्भ

समयले साथ दिने देखिन्न । आफन्तबाट नै धोका दिने काम हुन सक्छ होशियार रहनु होला । आर्थिक कारोवार गर्दा बढि चनाखो रहनु होला । अनावस्यक खर्चले आर्थिक समस्या ल्याउनेछ ।

मीन

दिन अनुकुल नै देखिन्छ । निर्णय क्षमता बढ्नेछ । मनमा दुविधा नपालि लगनशिल भई अवसरको पूर्ण सदुपयोग गर्नु होला काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने नै छ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा ।

प्रतिकृया दिनुहोस्

Loading...