रौतहटको गौरमा राजपासँगको झडपमा परी तीन प्रहरी घाइते, स्थिति तनावग्रस्त

  • रौतहट ।

रौतहटको गौर चन्द्रनिगाहपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । गौरको सिसुवाचोकमा प्रहरी र बन्द गर्दै हिँडेका राजपाका कार्यकर्ताबीच बुधवार झडप भएको हो ।

झडपमा परि तीनजना प्रहरी घाइते भएका भने तीन जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । झडपमा घाइते प्रहरी नाम सार्वजनिक गरेको छैन । पक्राउ पर्नेमा राजपा जिल्ला नेता रामेश्वर यादव, कमलेश सिन्हा र बच्चा यादव रहेका छन् । 

प्रदर्शनकारीले प्रहरी चढेको भ्यानमा तोडफोड गरेका छन । यसअघि राजपाका कार्यकर्ताले बुधबार बिहान गौरमा ना ३ ख ५६२३ नम्बरको खाली बस तोडफोड गरेका छन । स्थिति तनावग्रस्त बनेको छ ।

राजपाका नेता कार्यकर्ता बिहानैदेखि सदरमुकाम गौरस्थित जिल्ला प्रशासन कार्यालय, अदालत, विपी चोक, भन्सार क्षेत्र, बसपार्क क्षेत्रमा टायर बालेर प्रर्दशन गरिरहेका छन् ।

बन्दका कारण गौरबाट सार्वजनिक तथा निजी सवारी साधन चल्न सकेका छैनन । गौर चन्द्रनिगाहपुर सडकखण्डमा सवारी साधन चलेका छैनन । रौतहटको उतरी क्षेत्र चन्द्रपुर नगर क्षेत्रमा र पुर्वपश्चिम राजमार्गमा भने बन्दको प्रभाव देखिएको छैन ।

,

प्रतिकृया दिनुहोस्

Loading...