अन्ततः रेणु मेयर बन्ने पक्का ! निर्वाचन आयोगले गर्यो एमालेलाई झट्का लाग्ने कुरा

  • काठमाडौँ । 

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्णय उपयुक्त भएको बताएको छ । काठमाडौमा राष्ट्रिय निर्वाचन पर्यवेक्षक अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले भरतपुर प्रकरणमा आयोगले गरेको निर्णय ठीक र कानून सम्मत भएको बताए ।

तर उक्त विषय सर्वोच्चमा पुगिसकेकाले अव अदालतको फैसला अनुसार नै अघि बढ्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा निर्वाचन आयोग सरकारको दबाब र राजनीतिक पूर्वाग्रहमा नचलेको प्रमुख आयुक्त यादवले बताए । आयोग कानून भित्रै रहेर आफ्नै ढंगले चलेको उनको भनाई थियो ।

प्रमुख आयुक्त यादवले स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुने प्रत्येक मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अपागं र अशक्तलाई बिशेष प्राथमिकता दिन निर्देशन दिएको जानकारी दिए । आयोगको यस्तो भनाईसँगै भरतपुरमा चुनाव हुने सम्भावना बढेको छ । यदि पुनः मतदान भयो भने प्रचण्डपुत्री रेणु दाहाल मेयर निर्वाचित हुने बताइन्छ ।
२०७३ असार ९ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...