श्रीमतीको गत्या गरी छिनिएको टाउको बोकेर प्रहरी चौकी पुगे राम सेवक !

  • एजेन्सी । 
भारतमा एक सन्काहा पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । सामान्य विवादमा आक्रोशित बनेका राम सेवक नाम गरेका श्रीमानले खुर्पाले हानी आफ्नी श्रीमती उषाको टाउको छिनालेर हत्या गरेका हुन्। 

खुर्पाले हानेर श्रीमतीको टाउको काटिसकेपछि उनि आफै प्रहरीको शरणमा पुगेका छन् । भारतिय प्रहरीका अनुसार उनि खुर्पाले काटेर छुट्टिएको श्रीमतीको टाउकोसहित प्रहरीको शरणमा पुगेका हुन् ।

बारीमा तरकारी काट्न गएका बेला श्रीमती उषासँग झगडा परेपछि सेवकले त्यही रिसमा गर्दनमा खुर्पा प्रहार गरेको बताइएको छ । लगत्तै आत्तिएर उनि डराउँदै छिनिएको टाउको सहित प्रहरीकोमा पुगेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

Loading...