काठमाडौंमै गृहमन्त्रीको यस्तो कडा एक्शन, लाखौं जनतामा खुसीयाली आउने

  • काठमाडौं । 

गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले जथाभावी सडक पार गर्ने सर्वसाधारणसँग २ सय जरिवाना आजैदेखि लागू हुने गरि हटाउन निर्देशन दिएका छन् ।

गृहमन्त्री प्रभाकरले मंगलवार प्रहरी महानिरीक्षक प्रकाश कुमार अर्याल र ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामालाई बोलाएर सो निर्देशन दिएका हुन् । अब जथाभावी बाटो कट्नेले अाधा घण्टा ट्राफिक कक्षा लिए पुग्ने भएको छ ।

ट्राफिक प्रहरीले पूर्वगृहमन्त्री विमलेन्द्र निधिको पालामा यो नियम लगाएको थियो । यसको चौतर्फी विरोध भइरहेको थियो ।

जरवानाले जथाभावी बाटो काट्ने प्रवृतिको अन्त्य नहुने भन्दै गृहमन्त्री प्रभाकरले जनचेतनामूल कार्यक्रम गर्नु पर्ने बताएका छन् । गृहमन्त्री प्रभाकरले छलफलमा काठमाडौँ उपत्यकामा ठूला सवारी साधन चलाउनुपर्ने र जोर-बिजोर प्रणाली लागू गरेर ट्राफिक व्यवस्थापन गर्नुपर्नेमा समेत जोड दिएका थिए ।

त्यस्तै सडक किनारामा थुपारिएका निर्माण सामग्री तत्काल हटाउन र मेलम्ची खानेपानी आयोजनाले भत्काएका सडक तत्काल पुनःनिर्माण गरी धुलोरहित बनाउन बनाउन निर्देशन समेत दिएका छन् ।

२०७४ जेठ ३० मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...