रुसी लडाकु विमानले अमेरिकी विमानलाई आकाशमै लखेट्यो


काठमाडौं । 

रुस र अमेरिकाबीचको तनाव बढ्दै गएको छ । अमेरिकी नेतृत्वको गठबन्धन सेनाले सिरिया सरकारको लडाकु विमान र ड्रोनलाई खसालेपछि अाक्रोसित बनेको रुसले अमेरिकालाई युद्धको चेतावनी दिइरहेको छ ।

यसक्रममा रुसी लडाकु विमानले अमेरिकी विमानलाई अाकाशमै लखेटेको छ । अन्य देशलाई उत्तजित बनाउँदै अमेरिकी विमान अाकाशमा उड्ने क्रममा बाल्टिक क्षेत्रमा अमेरिकी जासुस विमानलाई रुसी विमानले लखेटेको हो । निकै खतराको दुरी पाँच फिट भन्दा नजिककैबाट रुसी विमानले अमेरिकी विमान ‘आरसी–१३५’ लाई लखेटेको थियो ।

अमेरिकी विमानले भड्काउपूर्ण गतिविधि गरेका कारण लखेट्नु परेको रुसी सेनाले बताएको छ । मस्कोस्थित रुसी सञ्चारमाध्यमका अनुसार रुसका रक्षामन्त्री सवार एउटा विमान नजिकै नेटो गठबन्धनको लडाकु विमान आएपछि रुसी एसयु–२७ लडाकु विमानले लखेटेको थियो ।

रुसी विदेशमन्त्री सवार विमान अन्तर्राष्ट्रिय मार्गमा उडान भरिरहेको समयमा अमेरिकी लडाकु विमानले नजिकैबाट उडान भरेपछि रुस झन् अाक्रोसित बनेको हो । अाफ्नो लडाकु विमानलाई रुसले लखेटेको खबरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तनावमा रहेको केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

Loading...