कम्युनिस्ट पार्टीले किन गर्‍यो सल्यान बन्द ? हेर्नुहोस् यसो छ कारण

Image result for विप्लव
सल्यान । 
नेपाल कम्युनिस्ट पार्टीले सल्यान जिल्ला बन्दको घोषणा गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा धरौटी राखेर छुट्ने लगत्तै पुनः नेता-कार्यकर्ता गिरफ्तारीको विरुद्ध सोमबार सल्यान बन्दको घोषणा गरेको हो ।

चुनाव विरोधी गतिविधि गरेको आरोपमा पक्राउ परेका नेता-कार्यकर्तालाई धरौटीमा छाडेको केही समयमै पुनः पक्राउ गरिएको थियो । उनिहरुले जिल्ला प्रशासन कार्यालयमा पाँच-पाँच हजार धरौटी राखेर छुटेका थिए ।

शारदा नगरपालिका ८ का घनश्याम विक, दार्म गाउँपालिका-३ का मोहन केसी, ढोरचौर गाउँपालिका १ का सुकलाल बस्नेत र रोल्पा सुकिदह गाउपालिका ४ का टोप बहादुर डाँगीलाई प्रहरीले पुनः पक्राउ गरी हिरासतमा राखेको छ ।

नेकपा सल्यानका सेक्रेटेरी लोकपाल केसीले धरौटीमा छुटेका अाफ्ना नेता-कार्यकर्ताहरुलाई विना कारण पुनः पक्राउ गरिएको विरोधमा जिल्ला बन्द गरेको बताए ।

एक दिने जिल्ला बन्द सांकेतिक विरोध भएको बताउँदै सेक्रेटरी केसीले पक्राउ गरिएका नेता-कार्यकर्तालाई रिहा नगरिए सशक्त संघर्षका कार्यक्रम सार्वजनिक गर्ने बताए । 

,

प्रतिकृया दिनुहोस्

Loading...