मन्त्रीका लागि काँग्रेसभित्रै मच्चिएयो रडाको, देउवा र पौडेलबीच नै हानथाप..

  • काठमाडौं ।

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसभित्रै मन्त्रीको विषयमा प्रधानमन्त्री तथा पार्टी सभापति देउवा र वरिष्ठ नेता राचन्द्र पौडेलबीच नै हानथाप भएको छ । 

प्रधानमन्त्री देउवाले नेता पौडेल पक्षबाट मन्त्री नियुक्रिका लागि सिरफरिस हुन लागेका चार नेतामध्ये बलबहादुर केसीलाई अस्वीकार गरेपछि पौडेल तनावमा छन ।  यसैकारण मन्त्रिपरिषद विस्तारमा ढिलाई हुने देखिएको छ ।

पार्टी सञ्चालनबारे पार्टी सभापति देउवाको कडा आलोचना गर्दै आएका केसीको नाम नपठाउन उनले पौडेललाई आग्रह गरेउछि दउवाले कुनै हालतमा केसीलार्इ मन्त्री बनाउन नसकिने बताएका नेपाली काँग्रेसका एक नेताले इमान्दार मिडियालार्इ बताए ।

पौडेल पक्षले भने आफ्नो समूहबाट मन्त्री बनाउने नामको टुंगो लागे पनि कुन कुन मन्त्रालय पाउने प्रस्ट नभएसम्म नपठाउने अडान लिएकाे स्राेतले बतायाे ।

पौडेले पठाउने सूचीमा केसी, महेश आचार्य, रामकृष्ण यादव र सरिता प्रसाईँको नाम रहेको उनी निकटले बताएका छन् । 'तर यता सभापति देउवाले पावरफुल  मन्त्रालय अाफुनिकटका नेताहरूलार्इ दिने तयारी गरेकाे थाहा पाएपछि पैडेलले यस्ताे अडान राखेका हुन् । स्रोतले इमान्दार मिडियासँग भन्यो ।

,

प्रतिकृया दिनुहोस्

Loading...