सरिता गिरी उपेन्द्र यादवको पार्टीमा विलय

  • काठमाडौं ।

उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरम, नेपाल र सरिता गिरी नेतृत्वको नेपाल सद्भावना पार्टीबीच एकता भएको छ । गिरी शुक्रबार बिना सर्त  संघीय समाजवादी फोरमा समाहित भएकी हुन् ।

अध्यक्ष यादव र अध्यक्ष गिरीले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै दुई पार्टीबीच एकता भएको उल्लेख गरेकी छिन् ।

‘नेपालको वर्तमान संविधान लागु भइसके पश्चात्को परिवर्तिन सन्दर्भमा लोकतन्त्र, समानता, भातृत्व, स्वतन्त्रता, सामाजिक न्याय, समाजवाद, संघीयता, गणतन्त्र, विधिको शासन र सुशान जस्ता सिद्धान्तहरु अनुरुप मधेसलगायत सम्पूर्ण मुलुकमा विद्यमान रहेका शोषण दमन तथा विभेदको अन्त्य गरी प्रगतिशील परिवर्ननको क्रममलाई निरन्तरता दिनका लागि सशक्त राजनीतिक दलको निर्माण आजको आवश्यकता भएकाले हामी संघीय समाजवादी फोरम, नेपाल र नेपाली सद्घावना पार्टीबीच एकीकरण भएको घोषणा गर्दछौँ’, यादव र गिरीले संयुक्त रुपमा सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...