प्रधानमन्त्री देउवालाई यता पनि साँढे सात, उता पनि साँढे साती, दशालाई छेक्न यस्तो तयारी !

  • काठमाडौं । 

सरकार र पार्टी दुवै तिरबाट संकटको घेरमा मा पर्न थालेका छन्, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा । तर, देउवाले पार्टीभित्रको असन्तुष्टि साम्य पारेर संकट टार्नका लागि नयाँ जुक्ति अपनाउन थालेका छन् । सबै सन्तुलन मिलाएर पार्टीमा आउने साँढे साती दशालाई छेक्न उपसभापति, महामन्त्री, सहमहामन्त्रीको पद संख्या बढाएर भागबण्डा मिलाउने सोचमा देउवा पुगेको थाहा भएको छ ।

यही योजना अनुरुप देउवाले आफ्नो पक्षमा माहोल बनाउन चातुर्यतापूर्वक पदाधिकारी, केन्द्रीय सदस्यलगायतको आश्वासन बाँड्न थालेको हुन् । देउवाले एउटै पद धेरैलाई दिने आश्वासन दिएकाले कांग्रेसभित्रको विवाद साम्य हुने सम्भावना भने कम छ ।

कारण कांग्रेसभित्र सशक्त रुपमा रहेका रामचन्द्र पौडेल रामशरण महतहरु मन्त्रिपरिषद् गठनदेखि नै देउवासँग आक्रोशित बनेका छन् ।
स्रोतका अनुसार, मनोनयन हुन बाँकी रहेको कांग्रेस उपसभापति पद देउवाले विमलेन्द्र निधि र खुमबहादुुर खड्कालाई फेरि बाँडेको चर्चा कांग्रेसमा छ ।

देउवाले आफ्ना खास व्यक्ति निधि र खड्कालार्य फेरि पनि उधारो आश्वासन दिए पनि दुईमध्ये एक बेखुस हुने भएकाले देउवाको यस्तो नीति उनकै लागि घातक हुने विश्लेषण छ । उता पूर्णबहादुर खड्कालाई महामन्त्री दिन्छु भनेर सहमति गरेको ८ महिनापछि प्रधानमन्त्री बन्ने बेला उनले फेरि आश्वासन दोहो¥याएर महामन्त्रीको सपना देखाएका छन् ।

पूर्णबहादुर खड्का महामन्त्री बन्ने कुरामा ढुक्क भएको खबर छ । कि मन्त्री कि सहमहामन्त्री भनेर देउवा समूहकै प्रकाशशरण महत, एनपी साउद र बालकृष्ण खाँणले उनलाई हैरान पारेका छन् । सहमहामन्त्री नभए मन्त्री बनाइनु पर्ने महत र साउदको माग छ । देउवाले यी ३ नेतालाई पनि अरुलाई जस्तै गरी आश्वासन बाँडेको चर्चा कांग्रेसमा छ । साँघु साप्ताहिकमा खबर छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...