१५० यात्रु सवार डुंगा डुब्दा ९ जनाको मृत्यु २८ बेपत्ता

  • काठमाडौैं । 

कोलम्बियामा डुंगा डुब्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ ।

उत्तर पश्चिम कोलम्बियामा १५० यात्रु सवार डुंगा डुब्दा २८ जना हराइरहेको अधिकारीहरुले बताएका छन् । पर्यटकीय नगरी ग्वाटापे नजिकै रहेको कृत्रिम जलाशयमा डुंगा डुबेको थियो ।

स्थानीय अधिकारीहरुले उद्दार गरिएका मध्ये २० जनाको अवस्था गम्भीर रहेको जनाएका छन् । उनीहरुलाई अस्पताल पठाइएको छ ।दुर्घटनालगतै अन्य डुंगाले पीडितहरुको उद्दार प्रयास गरेका थिए भने सेनाको हेलिकोप्टर पनि पुगेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...