आफ्नी नेतृ गिरफ्तार परेपछि अनेमसंघले देउवा सरकारलाई दियो कडा चेतावनी(विज्ञप्तिसहित)



काठमाडौं ।

अखिल नेपाल महिला संघ क्रान्तिकारीले आफ्नी केन्द्रिय सचिव ईन्दिरा मिश्रलाई तत्काल रिहा गर्न माग गरेको छ ।

सडकमा हिडिरहेको अवस्थामा आइतबार अपरान्ह मोरङको पथरिबाट मिश्रलाई ईलाका प्रहरी कार्यलय पथरीले गिरफ्तार गरेको थियो ।

महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्द र महासचिव धिरेन्द्रा उपाध्ययले सोमबार बिज्ञप्ती जारी गरी मिश्रलाई बिना सर्त तत्काल रिहा गर्न माग गरेका छन् ।

पक्राउ परेका संगठनकी सचिव सहित सबै नेता कार्यकर्ता तत्काल रिहा नगरे कडा संघर्षमा जाने चेतावनी दिदै बिज्ञप्तीमा भनिएको छ , त्यसबाट आउने सबै परिणामको जिम्मा स्वयम राज्यले लिनुपर्छ ।'

लोकतान्त्रिक गणतन्त्रणले दिएको नागरिक मौलिक अधिकार उल्लङ्घन गरि देशैभरबाट संगठनका नेता कार्यकर्ता तथा समर्थकमाथि पन्चायती शैलीमा धरपकट र गिरफ्तार गरेकोप्रति गम्भिर ध्यानाकर्ष भएको छ , बिज्ञप्तीमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ति


,

प्रतिकृया दिनुहोस्

Loading...