यी हुन चुनाव नहुँदै बिजय हुने ३८ जना जनप्रतिनिधि…

  • काठमाडौँ । 

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा असार ४ गते उम्मेदवारी मनोनयन गराएका उम्मेदवारहरूमध्ये एक वडा अध्यक्षसहित ३८ जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले प्रदेश नम्बर १ मा १२, प्रदेश नम्बर ५ मा १२ र प्रदेश नम्बर ७ मा १४ जना निर्विरोध भएको प्रारम्भिक विवरण आयोगमा प्राप्त भएको बताउनुभयाे । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

निर्विरोध हुनेमा नेपाली काँग्रेसका १४, नेकपा

(एमाले)का १४ र नेकपा (माओवादी केन्द्र)का १० जना छन् । वडा अध्यक्षमा निर्विरोध हुनेमा बझाङ काँडा गाउँपालिका वडा नम्बर ५ का धनञ्जय बोहोरा हुनुहुन्छ । निर्विरोध भएका ३७ सदस्यमध्ये २४ जना दलित महिला सदस्य रहेको विवरण प्राप्त भएको छ ।
दोस्रो चरणको यही असार १४ गते हुने निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुनेछ । दोस्रो चरणको निर्वाचन एक

महानगरपालिका, सात

उपमहानगरपालिका, १११ नगरपालिका, २१५ गाउँपालिका गरी ३३४ स्थानीय तहमा हँुदैछ । उक्त निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताको सहभागिता हुनेछ ।

दोस्रो चरणको निर्वाचनका लागि चार हजार ५८१ मतदान स्थल र आठ हजार ३६४ मतदान केन्द्र कायम गरिएको जनाउँदै निर्वाचन आयोगले उक्त निर्वाचनमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटाएको छ भने छ हजार ७१७ पर्यवेक्षकलाई अनुगमनका लागि अनुमति प्रदान गरेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...