भरतपुर काण्ड - च्यातिएको मतपत्र अदालतमा पेश गर्न सर्वोच्चको आदेश

  • काठमाडौं । 

सर्वोच्च अदालतको सोमबारे दिएको फैसलाले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को मत गणना गर्दाका बखत च्यातिएको मतपत्र एक साताभित्र बुझाउन निर्वाचन आयोगलाई आदेश दिएको छ ।

कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको मंगलबार संयुक्त इजलासबाट च्यातिएको मतपत्र, निर्वाचन आयोगको निर्णय र मतपत्र च्यात्नेमाथि लगाइएको मुद्दाको फाईल एक साताभित्र ल्याउन आदेश भएको छ । १९ नम्बर वडाका मतदाता अधिवक्ता तुलसीराम पाण्डे र गुञ्जमान विश्वकर्माले भरतपुरमा पुनः मतदान गराउने निर्णय रोक्न माग राख्दै रिट दायर गरेका थिए ।

आदेशसँगै आयोगमा ठूलै तनाव उत्पन्न भएको बुझिएको छ । किनकि मतपत्र नियोजित रुपमा मतपत्र च्यातिएपछि पुनः मतदान गराउने कि के गर्ने भन्ने बारेमा आयोगका आयुक्तबीच नै एक मत हुन सकेको थिएन । अहिलेसम्म पनि छैन । उनका अनुसार प्रमुख आयुक्तको दबाबमा अन्य आयुक्तहरुले निर्णयमा हस्ताक्षर गरेका थिए ।

घटनापछि लगत्तै बसेको बैठकले मत गणनास्थल अधिकृत र केन्द्रीय अनुसन्धान टोलीले निकालेको प्रतिवेदनको मर्मविरुद्ध पुनः मतदान गर्ने निर्णय गरिएको आयोग स्रोतले बताएको छ । पुनःमतदान निर्णय गलत भएको भन्दै एक आयुक्तले निर्णय पुस्तिकामा हस्ताक्षर समेत गरेका छैनन् । यस्तैबीच वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय सार्वजनिक गरियो । जुन स्थलगत प्रतिवेदनविपरीत रहेको स्रोतको भनाई छ ।

तत्कालीन सत्तागठबन्धन माके र कांग्रेस पुनः मतदानको पक्षमा उभिए भने प्रमुख प्रतिपक्ष दल एमाले पुनः मतदान गरिए जेपनि हुन सक्ने भन्दै उग्र रुपमा प्रस्तुत भइरहेको छ । एमालेको प्रस्तुति प्रतिवेदनको उद्देश्यमा आधारित रहेको र माके–कांग्रेस जसरी पनि चुनाव दोर्याउन लगाउने र जित्ने भनेर आयोगको ‘अपूर्ण’ निर्णयको पक्षमा वकालत गरिरहेका छन् । यसबीचबाट आयोगले आफ्नो निर्णय सर्वोच्चमा बुझाउनु पर्ने भएको छ ।

यस विषयका जानकारीहरुका अनुसार आयोगलाई निर्णय प्रतिलिपि बुझाउन निकै मुश्किल पर्नेछ । स्रोतका अनुसार निर्णय प्रतिलिपि बुझाउन दिएको सर्वोच्चको आदेशपछि प्रमुख आयुक्त आयोधिप्रसाद यादवलाई ज्वरो आउन शुरु भएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...