चुनावको मुखैमा पूर्वमन्त्री ढुंगेलको निधन


काठमाडौं ।

पूर्वमन्त्री इन्द्र प्रसाद ढुंगेलको निधन भएको छ । राजधानीको चावहिलस्थित ओम हस्पिटलमा गएराति उनको निधन भएको हो ।

विगत केही समयदेखि उनी क्यान्सरका कारण रेस्टमा थिए । रामेछापका ढुंगेल तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालको मन्त्रीमण्डलमा विज्ञान प्रविधि राज्यमन्त्री रहेर काम गरेका थिए ।

ढुंगेल विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय थिए । नेपाली कंग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका उनी पहिले विपी कोइराला निकट थिए ।

पछि कांग्रेसबाट असन्तुष्टि जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेर सुर्य बहादुर थापा निकट रहेका राजनीतिमा सक्रिय रहे । राप्रपाबाटै ढुंगेलले २०६४ सालमा रामेछापबाट चुनाव लडेका थिए । दोस्रो चरणको निर्वाचन नजिकै आइरहेका बेला नेताको निधन भएपछि राप्रपा शोकमा डुबेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...