ऋषि धमलाका 'कारण' टोपबहादुर रायमाझीको मन्त्री बन्ने सपना धरापमा ?

  • काठमाडौं । 
पार्टीभित्र आन्तरिक सल्लाह नगरी बाहिर बाहिर आफु मन्त्री बन्ने हल्ला गरेको भन्दै माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीप्रति पार्टी चरम असन्तुष्ट बनेको छ । 

रायमाझीले सोमबार ऋषि धमलाको रिपोर्टर्स क्लबमा गएर काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीका तर्फबाट आफूले नेतृत्व पाउनुपर्ने दाबी गरेका थिए । धमलाको रिपोर्टर्स क्लबबाट पार्टीलाई धम्की दिएको भन्दै नेताहरु उनीविरुद्ध थप चिढिएका स्रोतले बताएको छ । 

नेता रायमाझीले को मन्त्री हुने, के मन्त्री हुने भन्ने विषयमा पार्टीभित्र छलफल गर्नुपर्नेमा ऋषि धमलाको क्लबमा गएर मन्त्री माग्ने काम गरेको माकेको बुझाई छ ।

‘एमालेको मञ्चबाट पार्टी नेतृत्वलाई खुइल्याउने र माओवादी कार्यालयमा आगो झोस्दै हिंड्ने एमाले कार्यकर्तालाई उकास्ने काम उहाँले गर्नुभएको थियो, जुन पार्टीको लागि घातक हो ।’ स्रोतले भन्यो ।

५ नम्बर प्रदेश टुक्र्याउने सरकारको निर्णयविरुद्ध एमालेसँग मिलेर आफ्नै पार्टी र पार्टी नेतृत्वको सरकारविरुद्ध आन्दोलन गरेको भन्दै अध्यक्ष प्रचण्डसहित धेरै नेता रायमाझीसँग पहिलेदेखि नै रुष्ट थिए । रायमाझीले धमलाको रिपोर्टर्स क्लबमा गरेको देउवा नेतृत्वको सरकार सहभागी हुन् जाने कुरा उनीमाथि नै भारी परेको स्रोतको भनाइ छ । 


,

प्रतिकृया दिनुहोस्

Loading...