अध्यक्षमा ओलीलाई जिताउन काँग्रेसका चार नेता एमालेमा प्रवेश



बाजुरा ।

छेडेदह गाउँपालिकामा लालबहादुर ओलीको जित सुनिश्चित गर्न चार जना काँग्रेस नेता एमालेमा प्रवेश गरेका छन् । 

योग्य, सक्षम र गाउँ निर्माणमा योगदान गर्न सक्ने व्यक्तित्व ओलीलाई जिताउन २ जना काँग्रेस जिल्ला कार्य समिति सदस्य र २ जना गाउँ कार्य समिति पूर्व सभापति एमालेमा प्रवेश गरेका हुन् ।

प्रवेश गर्नेमा काँग्रेस जिल्ला कार्य समिति सदस्य दलबहादुर बुढा, पदम नेपाली, डोगडी गाउँ ईकाई समितिका पूर्व सभापति ध्वजबहादुर बुढा र काँग्रेस नेता एवं पूर्व पञ्च शेरबहादुर धामी एमालेमा प्रवेश गरेका हुन् ।

३ दशक लामो काँग्रेसको राजनीतिक जीवन परित्याग गरि उनीहरु एमालेमा प्रवेश गरेको नेकपा एमाले छेडेदह गाउँ संगठन कमिटी संयोजक दिपक रावतले बताए ।

चारै जनालाई नेकपा एमाले बैकल्पिक पोलिटव्यूरो सदस्य कर्णबहादुर थापा, केन्दीय सदस्य लालबहादुर थापा र अध्यक्षका उम्मेदवार लालबहादुर ओलीले औपचारिक कार्यक्रमका बीच प्रवेश गरेका छन् ।

पदम नेपाली र ध्वज बहादुर बुढा साविक डोगडी गाविसका हुन् । भने दलबहादुर बुढा आटीचौर र शेरबहादुर धामी गुदुखातीका हुन् । चारै जना स्थानीय स्तरमा राम्रो पकड र प्रभाव भएका मध्ये गनिन्छन् । छेडेदह गाउँपालिका काँग्रेसको गडका रुपमा मानिन्छ ।

स्थानीय तह निर्वाचनमा सामाजिक विकास र सचेतना फैलाउने अभियानको अगुवाई गरिरहेका ओलीनै उम्मेदार बनेपछि जित सुनिश्चित गर्न एमालेमा प्रवेश गरेको पदम नेपालीले बताए ।

'गरिब, विपन्न, दलित महिलाका लागि ओली जि ले धेरै गर्नु भएको छ, धेरैको साहरा हुनु भएको छ, उहाँ जस्तो व्यक्ति उम्मेदवार बनेपछि आस्था र विचार भन्दा माथि उठेर समर्थन गर्न एमालेमा प्रवेश गरेका हौं ।' नेपालीले भने  ।

,

प्रतिकृया दिनुहोस्

Loading...