भरतपुरमा एमालेका देवी ज्ञवालीले माओवादीकी रेणु दाहाललाई 'बच्चा' भनेपछि...

  • काठमाडौं ।
एमालेबाट भरतपुर महानगरपालिका मेयरका उम्मेदवार देवी ज्ञवाली आफूले जितेसकेपछि प्रत्यासी माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले आफ्ना एजेण्ट प्रयोग गरेर मतपत्र त्यातेको आरोप लगाएका छन् । 

अदालतले आयोगको निर्णय बदर गर्ने र आफू विजयी हुने दावी गर्दै ज्ञवालीले कथंकदाचित अदालतले आयोगकै निर्णय सदर गरेमा पनि पुनः मतदानमा भाग लिने र आफू जित्ने दाबी गरे । 

एक अनलाईन पत्रिकालाई अन्तर्वार्ता दिने क्रममा ज्ञवालीले निर्वाचन आयोगले गरेको असंवैधानिक कामको विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको भन्दै अदालतबाट आएको फैसलालाई मानेर आफु अगाडि बढ्ने बताए । यद्धपी उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले भरतपुर वडा नं. १९ मा पुनः मतदान गर्ने निर्णय तीन दिनसम्म कार्यान्वयन नगर्न सोमबार अन्तरिम आदेश जारी गरेको छ ।

सर्वहारा बर्गको मुक्तिका लागि १० बर्षे जनयुद्धमा योगदान पुर्याएकी दाहाललाई ज्ञवालीले सानो बच्चाको संज्ञा दिएका छन् । 'बाबु ठूलो नेता भएकाले छोरीलाई पनि नेता हुन मन लागेर चुनाव लड्न आउनुभएको हो उहाँ । बाबु नेता हुँदैमा छोराछोरीले नेता हुन रहर गरेर हुने होइन । त्यसका लागि नेतृत्व क्षमता चाहिन्छ, बुद्धि चाहिन्छ । जनताको मन जित्नुपर्छ । मेरो त बुबा नेता हुनुहुन्न । आफ्नै बलबुतामा जनताको साथ पाएर राजनीति गरेको मान्छे हो म ।' दम्भका साथ् ज्ञवालीले भने ।

उनले ४० वर्षदेखि जनताका हरेक सुख दुःखमा साथ दिएर अनवरत रुपमा राजनीतिमा सक्रिय रहेको मानिससँग कुनै योग्यता नभएको र खाली नेताको छोरी भएकै आधारमा चुनाव उठ्न आउनु नै रेणुको दुर्भाग्य भएको तर्क गरे । दुई दिन आएर भोट मागेर नाटक गर्नेलाई जनताले विश्वास नगर्ने ज्ञवालीको बुझाइ छ ।

मपाइत्व गर्दै आफूलाई नेता र राजनीति मान्छे भएको दावी गर्दै रेणु दाहालबारे देवी ज्ञवालीले दिएको यो अभिव्यक्तिले उनि कतिको राजनीतिक चरित्र भएका व्यक्ति हुन् भन्ने कुराको विश्लेषण गर्नसक्छ । तर एमालेका ज्ञवालीले देखाएको दम्भ भरतपुरको अन्तिम मतगणनाले उचाल्छ या पछार्छ ? त्यो भने हेर्न बाकी छ ।

२०७४ जेठ २२ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...