सात नम्बर प्रदेश आफु हार्ने सम्भावना देखिएपछि एमालेले मच्चायो यस्तो हंगामा (विज्ञप्तिसहित)

  • काठमाडौं ।
सुदूरपश्चिममा आफु हार्ने सङ्केत देखिएप्पची नेकपा एमालेले अर्को हंगामा सुरु गरेको छ । एमालेले बुधबार भएको स्थानीय तहको निर्वाचनका क्रममा प्रदेश नम्बर–७ का विभिन्न स्थानमा सत्तापक्षले धाँधली गरेको आरोप लगाएको छ ।

एमाले सचिव योगेश भट्टराईले प्रदेश नम्बर–७ का विभिन्न मतदान केन्द्रमा धाँधली गरिएको आरोप लगाएका हुन् । विज्ञप्तिमा बझाङ, डोटी, डडेलधुरा, अछाम, कैलालीलगायत जिल्लामा सत्तापक्षले धाँधली गरेको उल्लेख छ ।

अछामको साँफेबगर नगरपालिका ७ को सरस्वती मावि मतदान केन्द्रमा हुलहुज्जत गरी सत्तापक्षले कब्जा गरेको र डोटीको के आईसिंह गाउँपालिकामा बुथ कब्जा गरिएको आरोप भट्टराईको छ ।

अछामको मेल्लेख, बिनायक, बझाङको चैनपुर र कैलालीको बद्रगारिवालमा सत्ताको आडमा ब्यापक धाँधली गरिएको आरोप एमालेको को छ । एमालेले धाँधली भएइका स्थामना पुनः मतदानको मागसेमत गरेको छ ।

यस्तो छ एमालेको विज्ञप्तिः

प्रेस वक्तव्य

स्थानीय तहको आज सम्पन्न दोस्रो चरणको निर्वाचनमा उत्साहका साथ भाग लिने राजनीतिक दलहरु, उम्मेदवारहरु, राजनीतिक कार्यकर्ताहरु र मतदाताहरुलाई हाम्रो पार्टी हार्दिक धन्यवाद ज्ञापन गर्दछ । साथै, निर्वाचनका आधारभूत मूल्य र मान्यतामा बसेर निर्वाचन सम्पन्न गराउन जिम्मेवारी निर्वाह गर्ने निजामती कर्मचारी, सुरक्षाकर्मी र पर्यवेक्षकहरुरुलाई पनि धन्यवाद दिन चाहन्छ ।

लोकतन्त्रको सबभन्दा महत्वपूर्ण उत्सवका रुपमा रहेको आवधिक निर्वाचन कुनै पनि मुलुकको राजनीतिक स्थिरता र आर्थिक विकासको पूर्वशर्त हो । अझ स्थानीय तहमा सरकार निर्माण गर्ने यस निर्वाचनले जनताका दैनिन्दिनका समस्या समाधान गर्ने र उनीहरुलाई घरदैलोमा सरकारको अनुभूति दिलाउने महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । डेढ दशकदेखि अवरुद्ध भइरहेको यस प्रक्रियाको नियमितताले जनतालाई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्ने र त्यसमार्फत आफ्ना प्रतिनिधि आफैँ छान्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ । यस निर्वाचनको सफलताले संविधानसभाबाट जनताका प्रतिनिधिहरुले निर्माण गरेको संविधान कार्यान्वयनमा ठोस योगदान पुगेको विश्वास पार्टीले लिएको छ । तर, सत्तारुढ गठबन्धनले प्रदेश नम्बर दुईका जनतालाई यस प्रक्रियाबाट अलग गर्ने जुन हर्कत गरेको छ, यसबाट उनीहरुको लोकतान्त्रिक अधिकार मात्र खोसिएको छैन, संविधान कार्यान्वयन र लोकतान्त्रिक प्रक्रियामा नै गम्भीर आघात पु¥याएको छ ।

आजको निर्वाचनका क्रममा सत्तारुढ पार्टीद्वारा गरिएको सत्ताको दुरुपयोगप्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछौँ । अछाम, बझाङ, डोटी, डडेल्धुरा, कैलालीलगायतका जिल्लामा राज्यसत्ताको दुरुपयोगबाट जनमतलाई प्रभावित पार्ने कोसिस गरिएको छ । अछामको साँफेबगर नगरपालिका–७ स्थित सरस्वती मावि मतदान केन्द्रमा हुलहुज्जत गरी मतदान केन्द्र कब्जा गरिएको छ भने डोटीको केआई सिंह नगरपालिकामा पनि त्यस्तै गरिएको छ । अछामको मेल्लेख, पञ्चदेवल नपाको विनायक, बझाङको चैनपुर, कैलालीको बद्रगारियालगायतका ठाउँमा सत्ताको आडमा व्यापक धाँधली गरिएको छ । पहिलो चरणको निर्वाचनमा यस्तै धाँधली भएकोमा संसद्बाट संसदीय छानबिन समिति बनिसकेको अवस्थामा त्यही रबैया दोहो¥याइनुले हामीलाई चिन्तित बनाएको छ । यसको घोर भत्सर्ना गर्दै हाम्रो पार्टी त्यसरी सत्ता–संरक्षित धाँधली भएका मतदान केन्द्रहरुमा पुनः मतदान गराउन माग गर्दछ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...