युनाईटेड सिमेन्टको विशेष योजना, १५ बोरा किन्दा १ सित्तैमा

  • काठमाडौं । 

युनाईटेड सिमेन्टले एक विशेष योजना ल्याएको छ । योजना अन्तर्गत हरेक १५ बोरा युनाईटेड सिमेन्टको खरिदमा १ बोरा सिमेन्ट सित्तैमा पाउन सकिनेछ । 

यो योजनाले आम उपभोक्तालाई विशेष लाभ पर्‍ुयाउने कम्पनीको दावी छ ।

ललितपुरको लेले स्थित आफ्नै चुनढुङगा खानी र धादिङको नौबिसेमा फ्याक्ट्री रहेको यस यूनाइटेड सिमेन्टले अत्याधुनिक रोटरी किल्न प्रविधिबाट गुणस्तरीय सिमेन्ट उत्पादन गरी निरन्तर रुपमा आफ्नो ग्राहक बर्गमाझ वितरण गरिरहने प्रतिबद्धता जनाएको छ ।

केएल दुगड ग्रुपद्वारा उत्पादित युनाईटेड सिमेन्ट बेजोड गुणस्तरको कारण छोटो समयमा नै उपभोक्तामाझ लोकप्रिय बन्न सफल भएको छ ।


२०७४ असार १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्

Loading...