बौद्ध इन्टरप्राइजेजले भित्र्यायो विश्वस्तरका शक्तिशाली एम्को ब्याट्रिहरु, वेभ र एप्लिकेसन संचालन

  • काठमाडौं ।
नेपालको लागि एम्को व्याट्रिको अधिकृत विक्रेता तथा सेवाप्रदायक वितरक कम्पनी बौद्ध इन्टरप्राइजेज प्रा. लि. ले एम्को ब्याट्रिको नविन प्रविधिका विशिष्ट तथा विश्वस्तरिय नयाँ ब्याट्रिहरु बजारमा ल्याएको घोषणा गरेको छ । ती ब्याट्रिहरुलाई (AMCO MAXLASTTM, AMCO SUPER STARTTM, AMCO ULTRA LIFETM, AMCO NEXGENTM, AMCO ENDURATM) ब्राण्ड नामबाट बजारमा भित्राइएको काठमाडौंस्थित होटल सांग्रिलामा गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । 

एम्को ब्याट्रिको नेपालको लागी आधिकारीक विक्रेता बौद्ध इन्टरप्राइजेजले एम्कोका उत्पादनहरुको बारेमा थप जनचेतना फैलाउन वेभ तथा मोबाइल एप्सका साथै लोयल्टी आधारीत खुद्राव्यापार उपहार कार्यक्रम पनि सुरुवात गरेको छ । यो वेभ तथा मोबाइल एप्सलाई बौद्ध इन्टरप्राइजेजको वेभसाइट www.baudhaenterprises.com.np वा गुगल प्ले स्टोरबाट "AMCONEPAL" आफ्नो मोबाइलमा सिधै डाउनलोड गर्न सकिन्छ । 

एम्को ब्याट्रि लिमिटेड ६० वर्ष लामो वृहत अनुभव बटुलेको कम्पनी हो । बजारमा रहेका प्रमुख दुई पाग्रें र ट्रा्यक्टर निर्माण कम्पनीहरु जस्तै टिभी मोटर्स, बजाज अटो, हिरो मोटोकप, होण्डा, सुजुकी, रोयल इन्फिल्ड, यमाहा, इन्टरनेशनल ट्रयाकटर, टिएएफएफ तथा टिएमटिएल (TVS Motors, Bajaj Auto, Hero MotoCorp, Honda, Suzuki, Royal Enfield, Yamaha, International Tractors, TAFE AND TMTL) ले आफ्ना उत्पादनहरुमा कम्पनीबाटै एम्को ब्याट्रि जडान गरि बजारमा पठाउने गरेका छन् । 


कार्यक्रममा एम्को ब्याट्रि लिमिटेडका कार्यकारी निर्देशकले एस. रामाचन्द्रनले आफुहरुले बजारमा भित्र्याएका विद्युतिय उत्पादनहरुको कार्यक्षमताको उत्कृष्ट हुने विश्वास व्यक्त गरे । उनले भने - “आज हामीले बजारमा भित्राएका विद्युतिय उत्पादनहरुको कार्यक्षमताको तुलनामा अरु नरहेको र जे.आइ.एस. विशिष्टिकरण अन्तर्गतको हेभि लोड बहन क्षमता जाँचमा उल्लेखनिय मात्राले अगाडि पाइएको छ । यी उत्पादनहरु साँच्चै नै बजारमा पाइने अरु समान उपकरणहरुको तुलनामा विशिष्ट श्रेणीका छन् ।” 

यस्तै बौद्ध इन्टरप्राइजेजका कार्यकारी अध्यक्ष विराज ज्ञवालीले “एम्कोका नया“ प्रविधियुक्त ब्याट्रिहरुको गुणस्तरीयताले गर्दा अाफुहरू उत्साहित रहेकाे बताए । ''साथै यस ब्याट्रिहरु चाँडै नै नेपालका प्रयोगकर्ताहरु माझ लोकप्रिय हुनेछन् भन्नेमा हामी विश्वस्त छौं” उनले भने । 

अध्यक्ष ज्ञवालीले अाफुहरूले हालैमात्र स्थापना गरेको वेभ तथा मोबाइल एप्सले मार्केटि¨ सञ्चारमञ्चलाई फराकिलो पार्नुका साथै अाफ्ना थोक तथा खुद्रा विक्रेताहरुसंगको अन्तरक्रिया थप सहज हुने विश्वास व्यक्त गरे । ''एम्कोको स्तरिय उत्पादन सहितको निरन्तर सल्लाह र हाम्रा थोक तथा खुद्रा विक्रेताहरुको सहयोगले नै हामीले निकट भविष्यमा उल्लेखनिय बजार ओगोट्ने दृढ विश्वास छ ।” उनले थपे । 

त्यस्तै व्यापार तथा बजारीकरण शाखा (शेल्स तथा मार्केटिङ्ग)का उपप्रमुख आर. श्रावन कुमारले एम्कोको लागी नेपाल आधिकारीक बिक्रेता बौद्ध इन्टरप्राइजेजसंग सहकार्य गर्न पाउँदा हामी निकै गर्वान्भित भएको बताए । “हाम्रो नेपाल एम्बेसेडरसंगको सहकार्यमा नेपालका ग्राहकहरुलाई एम्कोका उच्चस्तरिय उत्पादन र सेवा प्रदान गर्नेछौं ।” उपप्रमुख कुमारले भने ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...