राष्ट्रपतिविरुद्ध फेसबुकमा तथानाम लेख्ने युवक ५ बर्ष जेल जानसक्ने, अर्का पनि पक्राउ

  • काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई सार्वजनिकरुपमा तथानाम गालीगलौज गर्ने एक युवकलाई थप कारवाहीका लागि काठमाडौं ल्याइएको छ ।

१६ करोडको गाडी खरिद प्रकरणलाई जोडेर राष्ट्रपति भण्डारीमाथि सामाजिक सञ्जाल फेसबुकमा मनपरी लेख्ने प्युठानका सोनुकुमार सुनारलाई प्रहरीले विहिबार कपिलवस्तुबाट पक्राउ गरेको थियो ।

पेशाले पत्रकार सोनुकुमार लामो समयदेखि राष्ट्रपति तथा राष्ट्र उच्च पदस्थ व्यक्तिमाथि तल्लोस्तरको भाषा प्रयोग गरेर फेसबुकमा मनपरी स्टाटस लेख्दै आएका थिए । 

सुनारमाथि साइबर क्राइम सम्बन्धी मुद्दा अघि बढाएको र उनलाई ५ वर्षको जेल सजायँ हुनसक्ने प्रहरीले जनाएको छ । साइबर क्राइमसम्बन्धी अपराधको दफा ४७ अन्तर्गत पक्राउ परेका सुनारलाई ५ बर्ष कैद र १ लाख रुपैयाँ जरिवानामा मुद्दा चलाउन काठमाडौं ल्याइएको बुझिएको छ ।

यस्तै राष्ट्रपतिलाई नै गालि गर्ने अर्का बिबेक बाँनियालाई पनि प्रहरीले पक्राउ गरेको छ । तनहुँको बन्दिपुर निवासी बानियाँले फेसबुकमा अश्लिल र अमर्यादित गाली गरेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

२०७४ असार ३० मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...