बलत्कारका लागि उर्दी जारी गर्ने सामाजलाई बलत्कारपछि जन्मेको छोरो स्विकार्न किन बन्धन ?


प्रताप शर्मा, काठमाडौं ।

धेरै पछि त्यो मस्तिष्कको अध्ययन गर्न मलाई मन लाग्यो । घटनाहरू त्यसै घट्दैन । जब एउटा बालक जन्मिन्छ अनि त्यो घरमा खुशीयाली र उमङ छाउछ । 

ति बाबु आमालाई त्योभन्दा आर्को ठुलो खुशी हुने कुरा पनि भएन। बच्चा नजन्मिनेबेलासम्म छोरा की छोरी भन्ने नै तनाब । र बच्चा जन्मिएपछि हुर्काउन नै तनाब । 

आखिर 'भाग्य' बाबु आमाको नै हो । ढिलो होस् तर छोरो नै होस् भन्ने यो समाजको प्रतिबिम्ब हामी सबैमा पर्नु स्वाभाविक नै हो । छोरो हुर्कदै जाँदा ती आमा भन्छिन, 'बाबु त्यो छतमा नजा त्यहाँबाट खसिन्छ ।' बाबु भन्छन, साथीसँग झगडा नगर, मिलेर बस्नुपर्छ । 

समस्या यहिँनेर देखिन्छ, मुटु लिएर जन्मदा जन्मदै पनि उसलाई कायर बनाउने यो हाम्रो र हाम्रो समाजको व्यवस्था हो । हुन त यहाँ भूमिकामाथि आलोचकको प्रश्न पनि उठ्ला तर हामी आँफैले बारम्बार जिउदो साहसको हत्या गरेका छौं, त्यसको दोष तपाईं हामीले मात्र लिदैमा सामधान हुनेवाला पनि छैन ।

 दोष हाम्रो सामाजिक संरचनाको नै हो । त्यो छोरो जो साहस बोकेर जन्मियो , हामीले बारम्बार उसको डेगलाई बाँधिदियौं । अनि आज त्यही छोरोबाट हामी साहशको अपेक्षा गर्नु सही हो या गलत कृपया तपाईं आफ्नो मत राख्नसक्नु हुन्छ । 

मैले त्यो बालकले बारम्बार आत्मसमर्पण गर्‍यो भन्दै आएको छु , वाध्यता पूर्णढंगबाट त्यो बालकको मुटु निकाल्ने प्रयास भएको छ । अब त्यही बालकबाट समाज रुपान्तरण सम्भव छ त ?  हामी नजन्मिने बेलासम्म जन्मन्छ की तुहिन्छ भन्ने त्रासमा नै बच्यौं, जब जन्म्यो र हुर्क्यो अनि लगाइन्छ बाध्यताको हतकडी । र एउटा हैकमबाद, - 'तिमी यो समाज र रितीलाई पूर्ण रुपमा त्याग्न सक्दैनौ , हामी यो समाजमा नै रहनु छ ।' भनेर 

त्यो बाबुले अब यो समाज रुपान्तरण गर्छ भन्नु आँफैमा हास्यस्पद कुरा हो । किनकी त्यो बाबु आमा यो समाजमा नै उसलाई भिजाउन प्रयत्नरत छन । उ भिज्नु नयाँ र नौलो बिषय चाँही होइन । किनकी आत्मसमर्पण गर्नुको बिकल्प समाजले दिदै दिदैन । 

आज खुसियालीको दिन त्यो बाबु मन्त्रालयको सहसचिब बनेको दिन । बाबु आमाले भनेको मान्दै यो व्यवस्थामा जमेको दिन । ४ अर्ब भ्रष्ट्राचार गर्न पनि लाज नमान्ने त्यो बाबु निकै सोझो छ किनकी यहाँ चोर्न , ठग्न र लुट्न नै जन्मिएको भन्ने उसलाई थाहा छ । यो व्यवस्थामा उ त्यसै जमेको चाँही पक्कै होइन,  उसलाई थाहा छ - 'धनीले छेर्ने हो' । गरीबले भोकै मर्ने हो किनकी यो व्यवस्थामा यस्तै हो । 

बारम्बार हाँस्दै , रमाउदै यो व्यवस्थामाको कारबाही भोगेको नाटक गर्दै फुलमाला पनि त्यही साँइलोले नै लगाउछ । मैले बारम्बार त्यो बाबुलाई भन्थे - " तिमी ठग.. किनकी तिमी लुट्न नै यो व्यवस्था भित्र छिरेका छौ ।

त्यो बाबुले लुटयो भनेर रुने होइन, उसलाई लुट्न लगाउने यो हाम्रो सामाजिक संरचनामाथि प्रश्न नै गर्ने दिन कहिले आउला ? बलत्कार गर भनेर उर्दी जारी गर्ने अनि बलत्कारपश्चात बसेको गर्भबाट  जन्मेको छोरो स्विकार्न सामाजिक बन्धन देखाउने ? 

म त त्यो बाबुलाई पनि सही अनी त्यो बाट जन्मेको नातीलाई पनि सहि नै भन्छु । बिचरा त्यो बाबुलाई अब की बुझ्न नै सक्नु पर्‍यो र स्विकार नै गर्नु पर्‍यो । होइन भने यो व्यवस्थाबाट बिदाइको बिकल्प नै छैन । यो समाज नै दोषी होइन भने बिचरा त्यो बाबु पनि दोषी हैन ।  अनी अहिले जन्मेको बिचरा त्यो नातीको झन के दोष ?

,

प्रतिकृया दिनुहोस्

Loading...