रियल मड्रिड हार्‍यो, म्यानचेस्टर सिटीको शानदार जित


काठमाडौं ।

इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस च्याम्पियन रियल मड्रिडमाथि शानदार जित दर्ता गरेको छ । 

युरोपियन च्याम्पियन पनि रहेको रियल मड्रिड अमेरिकाको लस एन्जल्समा भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर सिटीसँग ४–१ ले पराजित भएको हो । 

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा सिटीले दोस्रो हाफमा प्रभावशाली प्रदर्शन गर्दै चार गोल गर्‍यो । 

सिटीका लागि ५२ औं मिनेटमा निकोलस ओटामेन्डी, ५९ औं मिनेटमा केविन डी ब्राउन, ६६ औं मिनेटमा जोन स्टोनस् र ८१ औं मिनेटमा ब्राहिम डिएजले गोल गरे । रियल मड्रिडका लागि ९० औं मिनेटमा अर्नाइज ओस्कारले एक गोल फर्काए ।

सिटीको प्रशिक्षक पेप गार्डिवलाले यहि सिजन रियल मड्रिडबाट क्लब भित्र्याएका डानिलोलाई सिटीबाट डेब्यु गराए । पहिलो हाफमा दुवै तर्फबाट गोल गर्ने राम्रो अवसर सिर्जना गरे पनि दुवै टिमका गोलरक्षक बाधक बनेका थिए ।

प्रतिकृया दिनुहोस्

Loading...