यी हुन् अभिनेता अक्षय कुमारले प्रेम चक्कर चलाएका सात बलिउड सुन्दरीहरु, प्रियंकादेखि रेखासम्म
![](https://4.bp.blogspot.com/-asrF62WiCXo/WX7AhhOiQtI/AAAAAAAATsE/VqOuFswabIomtTv-8xhld0CksJ5Otd5BQCLcBGAs/s400/ddd.png)
कुनै समय मार्सल आर्ट खेलाडी, कुक लगायत पेशामा समेतखेलाडीको परिचय बनाए ।
सन् १९६७ मा जन्मिएका उनी त्यति ठूला विवादमा नपरेपनि कुनै समय उनका प्रेमप्रसंगले भने व्यापक चर्चा पाएको थियो ।
बलिउड संघर्षको सुरुवातमा तत्कालिन समयका चर्चित अभिनेता राजेश खन्नासँग काम माग्न गएका उनी कालान्तरमा खन्नाकै ज्वाईं बने ।
खन्नाकी छोरी ट्विंकल खन्नासँग प्रेमविवाह हुनुअघि नै उनका कैयौं प्रेमप्रसंग चर्चामा थिए । प्रेम मात्र होइन उनले कतिपयसँग त बिहे गर्ने वचन दिएर इन्गेजमेन्ट समेत गर्न भ्याएका थिए ।
को–को हुन् त उनका प्रेमिका र त्यतिबेला कस्तो प्रसंगले चर्चा पाएको थियो ?
शिल्पा सेट्ठी:
![](https://1.bp.blogspot.com/-mYUb1hIjIPo/WX6-UqrS8aI/AAAAAAAATro/fVc5L88RALwwza519hv0-92886Yo_yOqQCLcBGAs/s640/akshay-kumar-shilpa-shetty-affair.png)
सन् १९९० को दशकमा अक्षय र शिल्पाको जोडीलाई कामुक जोडी मानिन्थ्यो । शिल्पाले बताएअनुसार अक्षयले उनीसँग बिहे गर्ने वाचासँगै इन्गेजमेन्ट पनि गरेका थिए । त्यतिबेला यी दुईबीच पक्का बिहे हुन्छ भन्ने आँकलनसमेत भएको थियो। तर, बिस्तारै मनमुटाव बढ्दै जाँदा उनले अक्षयले आफूलाई प्रयोग गरेको आरोप लगाइन् । त्यसपछि यी दुईबीचको सम्बन्धमा चिसो पस्यो र उनीहरु छुट्टिए । हाल उनीहरुबीच सामान्य खाले सम्बन्ध रहेको छ ।
रविना टण्डन :
![](https://4.bp.blogspot.com/-SpGz6NF3rZk/WX6-vK-4LCI/AAAAAAAATrs/DdWczkFocR0ZayxrXyURKTrkslXxdIdYwCLcBGAs/s1600/Akshay%2BKumar-abina.jpg)
कैयौं फिल्ममा रविनासँग अभिनय गरेका अक्षय र उनको प्रेम तीन वर्ष चल्यो । त्यतिबेलाकी ग्ल्यामरस मानिने रविनासँग चाहीँ अक्षयले पक्का बिहे गर्छन् भन्ने आँकलन गरिन्थ्यो ।
रेखा गणेशन :
![](https://4.bp.blogspot.com/-Lnh4oQx55N8/WX6-4Z7zyaI/AAAAAAAATrw/-4tFuiqVJk8JsK5CGEIVnGzkCB336We5ACLcBGAs/s640/Akshay%2BKumar%2Band%2BRekha.jpg)
कुनै बेला अभिताभ बच्चनलाई आफ्नो प्रेमी मानेर उनको नामकै सिन्दुर लगाएको बताउने रेखासँग समेत अक्षयको प्रेमसम्बन्ध रहेको चर्चा गरिएको थियो । रोचक कुरा यस्तो छ कि रेखाले सन् १९६६ मा ‘रंगुला रत्नम’ नामको तेलेगु फिल्म खेल्दा अक्षय जन्मेका पनि थिएनन् । १३ वर्ष जेठी रहेकी रेखासँग उनी ‘खिलाडियों का खिलाडी’ फिल्मबाट नजिकिएका थिए ।
पुजा वत्रा:
![](https://3.bp.blogspot.com/-rxtkunx-ABE/WX6_RAAyCOI/AAAAAAAATr0/nwbDGC6WcjgQiYAq1eNiZnKKoM26LfK4wCLcBGAs/s1600/bollywood.jpeg)
अक्षय र पुजाको सम्बन्ध उनी फिल्म क्षेत्रमा आउनुभन्दा अघिदेखिकै थियोे । फिल्ममा आउन संघर्ष गरिरहँदा मोडलिङ गरिरहेकी पुजाको साथमा उनी ठूलाठूला पार्टीमा जान्थे । अक्षयसँगको सम्बन्धलाई लिएर पुजा गम्भिर थिइन् तर, पछि यसो भनियो–अक्षयले पुजालाई बलिउडमा आउनका लागि मात्र प्रयोग गरेका थिए । बिभिन्न चर्चा परिचर्चा चल्न थालेपछि उनीहरु अलग भए।
आयशा जुल्का:
![](https://3.bp.blogspot.com/-9nqz8sOtDTY/WX6_eS4PMlI/AAAAAAAATr4/O6F662OxWOERua7jY2Tijg2fZ0eN1g7AACLcBGAs/s640/varun-dhawan-.jpg)
‘खेलाडी’ फिल्मले अक्षयलाई बलिउडमा स्थापित गरायो । सँगै सोही फिल्मकी अभिनेत्री आशा जुल्कासँगको सम्बन्धको चर्चाले उनको करियरमा मसाला थप्यो । त्यतिबेला उनीहरुका प्रेम र रोमान्सका किस्साले बलिउड गर्माएको थियो । खेलाडीपछि केही फिल्ममा उनीहरु सँगै त देखिए तर, सम्बन्ध भने यत्तिकै सेलाएर गयो ।
ट्विंकल खन्ना:
![](https://4.bp.blogspot.com/-prToao1PaKc/WX6_tF8GxtI/AAAAAAAATr8/9I--QK8k6aw_PWUXvMG3N8g_3Qdaf_8zACLcBGAs/s1600/khanna.jpg)
अक्षयको बलिउड संघर्षदेखि चल्तिको अभिनेता बन्दासम्म सात जनासँगको प्रेमसम्बन्ध पछि आठौं प्रेमिका ट्ंिवकलसँगको प्रेमले भने बिहेको सार्थकता पायो । बताइएअनुसार अक्षयले ट्विंकलसँग पनि बिहे गर्ने मनसाय बनाएका थिएनन् । ट्विंकलकी आमा डिम्पल कपाडीयाको दवाबले मात्र उनले झुकेर बिहे गर्न बाध्य हुनुप¥यो । हाल उनीहरुका दुई सन्तान छन् ।
प्रियंका चोपडा:
![](https://4.bp.blogspot.com/-ZTk1eVcNyCc/WX6_0rggDFI/AAAAAAAATsA/eLE5ei4-X84Hm7sCGfdT03a2jj3zXALQgCLcBGAs/s640/akshay-priyanka.jpg)
प्रियंकासँग अक्षयको सम्बन्धले भने विवादकै रुप लिएको थियो । ट्ंवीकलसँग बिहे गरिसकेपछि ‘अन्दाज’ फिल्ममा प्रियंकासँग अभिनय गर्दा उनीहरुको सम्बन्धको हल्ला श्रीमतीसम्म पुग्यो र विवादको रुप लियो । पछि अक्षयले नै प्रियंकासँग दुरी बढाए र हल्लालाई साम्य पारे ।
प्रतिकृया दिनुहोस्
Loading...