प्याउली हत्याकाण्ड थप रहस्यमय बन्दै, अनुसन्धानका कुकुर सुरक्षाकर्मीको क्याम्पभित्र पस्न खोजेको खुलासा

  • भोजपुर ।

जिल्लामा तीन बालबालिका हत्या घटना थप रहस्यमय बन्दै गएको छ । घटनालगत्तै गरिएको अनुसन्धानका क्रममा खटाएका कुकुर सुरक्षाकर्मीको क्याम्पभित्र पस्न खोजेपछि फिर्ता गरिएको खुलासा भएको थियो।

अहिले फेरी भोजपुरको अरुण गाउँपालिकामा–३ प्याउलीमा भएको बालबालिका हत्याकाण्डबारे अनुसन्धानको जिम्मा पाएका जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर गीतनारायण चौधरी लामो विदामा बसेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सुरु थालेको भनिएपनि चौधरी विदामा बस्दा पीडित परिवारले घटनालाई ढाकछोप गर्न लागेको शंका गरेका छन् ।

गत असार १२ गते विहान स्थानीय रविन्द्र सापकोटाका १४ वर्षीय रञ्जित सापकोटा, चेतनाथ फुयाँलकी १३ वर्षीय छोरी शुस्मा र ८ वर्षीय प्रदिप फुयाँलको हत्या गरिएको थियो ।

घरबाटै १० गते हराएका उनीहरुको शव १२ गते स्थानीय तोरन कार्कीको माछा पोखरीमा भेटिएको थियो । एक महिना बितिसक्दा पनि प्रहरीले अनुसन्धान नगरेको भन्दै पीडित परिवारले घटना ढाकछोप गर्न लागेको बताउँदै आएका छन् ।

भोजपुर अरुण गाउँपालिकामा–३ प्याउलीका रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जित सापकोटा तथा चेतनाथ फुयाँलका १३ वर्षीया छोरी सुष्मा फुयाँल र ८ वर्षीय छोरा प्रदीप फुयाँल म¥याङडाँडाको पोखरीमा गत असार १२ गते मृत अवस्थामा फेला परेका थिए ।

यसअघि घटनाका सम्बन्धमा सत्य, तथ्य र यर्थात वाहिर ल्याउन तथा अनुसन्धान प्रभावकारी बनाउनका लागि दबाब दिने उद्देश्यले स्थानीयवासी आन्दोलनका विभिन्न कार्यक्रमसमेत सार्वजनिक गरेका थिए।

, ,

प्रतिकृया दिनुहोस्

Loading...