मध्यरातमा जुवाखालबाट पक्राउ परेका गायक बद्रि पंगेनी अचानक प्रतिष्ठानको वैठकमा भेटिएपछि..

  • काठमाडौं ।
महाराजगन्ज प्रहरी वृत्तले बाँसबारी क्षेत्रबाट लोकप्रिय लोक गायक बद्री पंगेनीसहित ११ जनालाई पक्राउ गरेको समाचार भाईरल बन्दै गर्दा पंगेनी पुर्व निर्धारित लोक तथा दोहोरी गीत प्रतिष्ठानको वैठकमा सहभागी भएका छन् ।

उनलाई स्थानीयले दिएको उजुरीको आधारमा छापा मार्दा गायक पंगेनीसहित ११ जना पक्राउ परेको समाचार बाहिर आएको थियो । छोटो प्रतिक्रिया दिदै बद्रिले भने, ‘म प्रतिष्ठानको पुर्वनिर्धारत वैठकमा छु । पक्राउ परेको छैन् । भाईहरुलाई छुटाउन गएको हूँ, मलाई फसाईयो । मेरो समाचार म हेर्दैछु । छक्क पनि छु ।’

के हो यथार्थ ?

जुवाखालबाट पैसासहित पक्राउ परेका चर्चित लोकगायक बद्री पंगेनी बुधबार रिहा भएका हुन् । 

महाराजगञ्ज प्रहरीले मंगलबार राति बाँसबारीमा जुवाखालमा छापा मार्दा पंगेनीसहित ११ जना पक्राउ गरेका थिए । उनि बुधबार दिउसो जिल्ला प्रशासन कार्यालयबाट धरौटीमा रिहा भएको महाराजगञ्ज प्रहरीले पुष्टि गरेको छ ।

उनीहरुको साथबाट २ लाख समेत बरामद भएको थियो । तर, पंगेनी कलाकार समेत भएको भन्दै प्रहरीले केही बताउन नचाहे पनि खबर भाइरल बन्यो। 

जुवा खेलेको हेर्न जादाँ आफू पक्राउ परेको पंगेनीले बताए पनि उनका निकटस्थहरुले भने पंगेनी लामो समयदेखि यस्तै कार्यमा संलग्न हुदै आएको जानकारी दिएका छन् । 

गायक पंगेनी काठमाडौका अधिकांश क्यासिनोमा पनि ग्राहक बनेर जाने गरेको उनि निकटस्थहरुको भनाई छ। उनी अहिले काठमाडौको धापासीमा रहेको ससुरालीमा बस्दै आएका छन् ।

पंगेनी लोकदोहोरी गित प्रतिष्ठानका अध्यक्ष समेत हुन । प्रतिष्ठानको बैठक उनिबिना नै बस्ने तयारी भइरहेका बेला पंगेनी रिहा भएर एकाएक वैठकमा पुगे ।

उनले आफु पक्राउ नपरेको दाबी गरिरदा उनको झुटको पर्दाफास महाराजगञ्ज प्रहरीले गरिसक्यो । तर गायक पंगेनीले भने अझै यो कुरा स्वीकार गरेका छैनन्

,

प्रतिकृया दिनुहोस्

Loading...