बल्लतल्ल मन्त्रालय भागबन्डा टुंगियो, कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय पाउने

  • काठमाडौ । 
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रालयको भागबन्डा टुंगिएको छ । मन्त्रालयको भागबन्डा टुंगिएपनि मन्त्रीको टुंगो भने अझै लाग्न सकेको छैन ।

मंगलवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच दुई घण्टा छलफल भएको थियो । देउवा र दाहालले १३ नेपाली कांग्रेस र ९ माओवादी केन्द्रले मन्त्रालय लिने सहमति गरेका छन् ।

दुई नेताबीच भएको सहमति अनुसार फोरम लोकतान्त्रिकलाई तीन मन्त्रालय दिने सहमति भएको छ । दाहाल र देउवाको सहमति अनुसार राप्रपा नेपाल सरकार बाहिर नै बस्ने भएको छ । कांग्रेसले १३, माओवादी केन्द्रले ९ र फोरम लोकतान्त्रिकले ३, र नेकपा संयुक्तलाई एक मन्त्रालय लिने भएपछि २६ मन्त्रालय बाँडफाँड भएका छन् । तर राप्रपा २ मन्त्रालय लिएर सरकारमा नजाने निश्चित जस्तै छ ।

माओवादीले परराष्ट्र, गृह, शहरी विकास, ऊर्जा, स्वास्थ्य, कृषि विकास, आपूर्ति, न्याय तथा कानुन र पशुपंक्षी विकास मन्त्रालय पाउने सहमति भएको माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रमेश मल्लले बताए । त्यसैगरी फोरम लोकतान्त्रिकले स्थानीय विकास, पर्यटन र भूमिसुधार गरी तीन मन्त्रलाय पाउने भएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...