पेरिसडाडाबाटै नेता बलरामले बिद्रोहको झण्डा उठाउने चेतावनी दिएपछि प्रचण्डलाई यस्तो आपत

  • समिर चन्द, काठमाडौँ । 
नेकपा माओवादी केद्रका पोलिटब्युरो सदस्य बलराम तिमिल्सिनाले अब पेरिसडाडाबाटै विद्रोहको झण्डा उठ्ने चेतावनी दिएपछि प्रचण्डलाइ निकै अफ्ठ्यारो परेको छ ।

पार्टी अध्यक्ष प्रचण्डले नई प्रकाशनद्वारा घोषणा गरिएको विवादास्पद त्रिमूर्ती सम्मान र सताव्दि सम्मान पुरस्कार लिन स्वीकार गरेपछि तिमिल्सिनाले सामाजिक संजाल फेसबुकमा यस्तो कडा स्टाटस पोस्ट गरेका थिए ।

तिमिल्सिनाले स्टाटस लेखे लगत्तै माओवादी र सम्पूर्ण प्रगतिशील तप्काका विभिन्न व्यक्तिहरुले सामाजिक सञ्जालमा आलोचना सुरु गरेका छन् ।

प्रचण्डको फोटो पनि मुख बिगारेर हेरियो !

माओवादी नेता तथा सस्कृतिकर्मी बलराम तिमिल्सिनाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफुले अध्यक्षको उक्त निर्णयपछि प्रचण्डको फोटो पनि मुख बिगारेर हेर्न बाध्य भएको बताएका छन् ।

माओवादी आन्दोलनको  सस्कृति र मूल्य मान्यतालाई लत्याउदै पार्टी अध्यक्षले नै त्यस्तो निर्णय गरेपछि पार्टी समर्थित  सस्कृतिकर्मीले उनको तस्बिरलाई समेत मुख बिगारेर हेर्नुपर्ने अबस्था सिर्जना भएको हो ।

हामीले उनीसंग यसबारेमा प्रतिक्रिया लिन खोज्दा तिमिल्सिनाले हिजो गरेको गल्तीलाई बिहानसम्म आउँदा प्रचण्डको सचिवालयले सच्याइसकेको हुनाले यसबारेमा अब धेरै टिप्पणी नगर्ने बताए।

केन्द्रीय कार्यलयका 'लाटागाँडा'हरू भात मात्रै खान्छन कि सोच्छन पनि ? 

त्यस्तै तिमिल्सिनाले केन्द्रीय कार्यालयमा रहेका प्रचण्डका सल्हाकार र सचिवालयमा रहने कार्यकर्तालाई लाटागाँडाको संज्ञा दिए ।

उनले स्टाटसमा लेखेका छन् । 'केन्द्रीय कार्यलयका लाटागाँडाहरू भात मात्रै खान्छन कि सोच्छन पनि ? सांस्कृतिक विघटनको यो पर्यावरणमा यति वोल्नु आवश्यक ठानियो ।' 


यसरी जनवादी सस्कृतिको धज्जी उडाउनेगरी पार्टीका अध्यक्षले नै विवादास्पद पुरुस्कार र सम्मानलाई स्वीकार गरेपछि तिमिल्सिनाले यस प्रकारको तिखो व्यग्य प्रहार गरेका हुन् ।

केन्द्रीय कार्यालयमा प्रचण्डका वरीपरी रहने नेता कार्यकर्ताले यत्तिको बिषयमा गम्भीरताका साथ निर्णय गर्नुपर्नेमा अध्यक्षले नै यस्तो विवादास्पद निर्णय स्वीकार गर्दासम्म ध्यान नदिदा तिमिल्सिनाले यति बोल्नु आवश्यक ठानिएको बताएका छन्।

रिसानी माफ होस । रिसाउँने नै भए पनि परेको व्यहोरौंला ।

त्यस्तै तिमिल्सिनाले स्टाटसमा प्रचण्डलाई इंगित गर्दै विरोधको झण्डा उठेको सम्झनोस भनेका छन् । 'रिसानी माफ होस, रिसाउँने नै भए पनि परेको व्यहोरौंला ।' उनले भनेका छन् । नेता तिमिल्सिनाले पुरुस्कार लिने निर्णयको आलोचना गरेका छन् ।

बेला बेलामा विभिन्न सास्कृतिक काण्डले माओवादी भित्र खैलाबैला मच्चिने गरेको छ । यस्तो खास खास मौकामा सस्कृतिकर्मी तिमिल्सिनाले पार्टीका नेता कार्यकर्ताको प्रवृति, ब्यबहार र आचरणबारे कडा आलोचना गर्ने गरेका छन् ।

आन्तरिक पंतिको ब्यापक बिरोधपछि प्रचण्डले लिए निर्णय फिर्ता

पार्टीका नेता तथा सकृतिकर्मी तिमिल्सिनाले स्टाटस लेखेसँगै सुरु भएको बिरोध बढ्दै जाँदा सामाजिक सञ्जालमा प्रचण्डको उक्त निर्णय केहीबेरमा नै भाइरल भयो ।

यस्तै प्रगतिशील लेखक संघले समेत बिज्ञप्ति निकालेर प्रचण्डको उक्त निर्णयको बिरोध गर्यो । लेखक संघको बिज्ञप्तिमा भनिएको छ। 'पुरस्कार, पदक र सम्मान ‘वितरण’ को अन्तर्यमा स्थापित र प्रतिष्ठित स्रष्टाहरूलाई प्रतिबद्ध लेखनबाट च्यूत गराउने उद्देश्य लुकेको स्पष्ट देखिन्छ ।' यसरी लेखक संघले समेत सचेत र सावधान हुन अनुरोध गरेको छ।

आन्तरिक र बाह्य दुवै हिसाबले बिरोध बढ्दै गएपछि प्रचण्डले नई प्रकाशनद्वारा घोषणा गरिएको त्रिमूर्ती सम्मान र सताव्दि सम्मान पुरस्कार लिने निर्णय फिर्ता लिएका छन् ।

बिहिबार बिहान प्रचण्डको सचिवालयले एक प्रेस नोट जारी गर्दै प्रचण्डले उक्त पुरुस्कार लिने निर्णय फिर्ता लिएको जानकारी गराएको छ ।

के हो नई प्रकाशन र त्रिमूर्ती प्रतिष्ठान ?

यस्तै सस्कृतिकर्मी तथा प्रगतिशील लेखक संघका अध्यक्ष मातृकाप्रसाद पोखरेलले त्रिमूर्ति प्रतिष्ठान प्रतिक्रियावादी प्रतिगामी राजाबादीहरुले आफ्नो साहित्यिक सास्कृतिक कामलाई अगाडी बढाउनको लागी खोलिएको सस्था भएको जानकारी दिएका छन् ।

यसमा राजाबादीहरु र केही बामपन्थीहरु जो राजाबादी रिझान भएकाहरु मोदनाथ प्रश्रित, राजेन्द्र सुबेदी, महादेव अवस्ती छन् । उनीहरु मात्र संग्लन भएको बुझिएको छ । 

उक्त सस्थामा आबद्ध व्यक्तिहरु भनेका बामपन्थी आन्दोलन भित्र रहेका राजावादीहरु मात्र संलग्न रहेको बुझिएको छ ।

'नरेन्द्रराज प्रसाईं र इन्द्रिय प्रसाईहरुले अहिले पनि पूर्व राजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय एकताको प्रतिक भनेर सम्बोधन गर्छन । उनीहरुले ज्ञानेन्द्रलाई पूर्व राजापनि भन्दैनन्' पोखरेलले भने । 

, ,

प्रतिकृया दिनुहोस्

Loading...