ठुलो मात्रामा लागुऔषध सहित पोखराबाट एक युवक पक्राउ



आश तमु, पोखरा । 

ठुलो मात्रामा लागुऔषध ओसारपसार गरिरहेको अवस्थामा एक युवकलाई पोखरा लेखनाथमहानगरपालिका २ बागलुङ वसपार्कबाट प्रहरीले पक्राउ गरेको छ। 

भैरहवाबाट पोखरा आउने रात्री बसमा हरियो झोलामा लागुऔषधसहित पोखरा आएका रुपन्देही जिल्ला मायादेवि गाउँपालिका ५ लुठावाका २१ वर्षिय वासुदेव वराई पक्राउ परेका हुन् । 

विशेष सुचनाका आधारमा अाइतबार विहान ४ बजे उनलार्इ पक्राउ गरिएको वडा प्रहरी कार्यालय बगर कास्कीका प्रहरी प्रमुख, प्रहरी निरीक्षक किशोर लम्सालले बताए । 

वराईका साथबाट प्रहरीले ६० ट्याबलेट नाईट्रोभ्याट, ५० एम्पुल डाईजापाम,५० एम्पुल फेनरागन, र ५० एम्पुल नुर्फिम लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उक्त युवकलाई लागुऔषध अन्तर्गत मुद्धा दर्ता गरी जिल्ला प्रहरी कार्यालय कास्किले थप अनुसन्धान गरीरहेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...