एनएमबि बैंकले संचालन गर्यो एनएमबि एकेडेमी

  • काठमाडौं । 
एनएमबि बैंकले आ.व. २०७४/ ७५ को शुरुवात्सँगै आफ्नो आन्तरिक प्रशिक्षण केन्द्र एनएमबि एकेडेमीको शुरुवात गरेको छ । 

एकेडेमीको मुख्य उद्देश्य बैंकको कर्मचारीहरुलाई उत्कृष्ट प्रशिक्षणको वातावरण तयार गरी उनीहरुलाई भविष्यमा आइपर्ने सबै प्रकारका चुनौतीहरुको सामना गर्न सकिने जनाएको छ ।

एनएमबि एकेडेमीको स्थापनाबाट बैंकको जनशक्ति अझै सक्षम भई उनीहरुलाई उत्कृष्ट प्रशिक्षणको अवसर एवं सीप प्रदान गरेर कार्य दक्षता अभिवृद्धि गर्न सहयोग पु¥याउने रहेको जनाएको छ । 

‘यो आफ्नै प्रकारको पहिलो प्रयास हो । बैंकिङ्ग क्षेत्रमा आफ्नै आन्तरिक प्रशिक्षण केन्द्रको सुविधा संचालन गर्ने संम्भवत् एनएमबि पहिलो बैंक हो । 

एनएमबि एकेडेमी संचालन हाम्रो सफलताको एक अर्को कोसेढुँगा साबित भएको छ । एनएमबि एकेडेमीको उद्घाटनका अवसरमा एनएमबि बैंकका कार्यकारी अधिकृत सुनील के.सी.ले मन्तव्य राख्दै भने ।

२०७४ साउन ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्

Loading...