भारत – पाकिस्तान सिमानामा गोली हानाहान, ७ जनाको मृत्यु



काठमाडौं ।

भारत र पाकिस्तानको सीमा क्षेत्रमा रहेको नियन्त्रण रेखामा गोली चल्दा ७ जनाको ज्यान गएको छ । 

गोली हानाहानमा सातजनाको ज्यान गएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानको चिडी कोट सेक्टरमा भएको गोली हानाहानमा एक महिलासहित चारजनाको ज्यान गएको पाकिस्तानी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । यस्तै शनिबार नै नकयाल सेक्टरमा भारतीय सेनाको गोली लागेर अर्की एक महिलाको पनि ज्यान गएको छ ।

यस्तै पाकिस्तानी सेनाले चलाएको गोली लागेर दुईजनाको ज्यान गएको भारतीय अधिकारीले बताएका छन् । एक वर्षअघि भारत प्रशासित काश्मिरमा हिज्जबुल मुजाहिदिनका कमाण्डर बुरहान बानीको प्रहरीको गोली लागेर ज्यान गएपछि काश्मिरमा तनाव भइरहेको छ । 

बानीको ज्यान गएको एक वर्ष पूरा भएकोमा काश्मिरमा हड्ताल भइरहेका बेला शनिबार नियन्त्रण रेखामा गोली चलेको हो ।

२०७४ असार २५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्

Loading...