जग्गा प्लटिङवालाको यस्तो ठगि धन्दा- अर्काको पैसामा आफु करोडपति, लगानीकर्ताको उठिबास !

  • काठमाडौँ । 
अहिले नेपालमा दलालहरुको बिगबिगी बढेको छ । क्षेत्र चाहे जुनसुकै किन नहोस् विशेषगरी सोझासाझा, निमुखा, कानुनी निकायसम्म पहुँच नभएका नागरिकहरुलाई दलालहरुले दिनुसम्मको सास्ती दिइरहेका छन्। 

कतै जग्गा दलाल त कतै मिर्गौला दलाल । कतै चेलीबेटी दलालले त कतै नेपाली युवा युवती दलालहरुको बिगबिगिलाई कानुनका 'रक्षक' भनाउदाहरु र देशका केहि भ्रष्ट कर्मचारीहरुले पनि साथ दिरहेका छन् ।

ठिक यहि समयमा यतिबेला जग्गा दलाल र प्लटिङवालाहरुको एउटा काण्ड बाहिर आएको छ । उक्त प्लटिङवाला समुहले काठमाडौँ मुलपानी निवासी टिकामायाँ गोलेको ४५ लाख लगानी गरी फिर्ता नदिएर बिचल्ली पारेको छ ।

जग्गा प्लटिङवालाहरु प्रेम वाइवा, विनोद लामा, सानु योन्जन र घ्याल्सिंङ्ग लामाले यसरी टिकामायाँ गोलेलाई घर न घाटको बनाउने गरी बिचल्ली पारेका हुन् ।
पीडित : टीकामाया गोले ।
उनिहरुले उनै टिकामायाँलाई फकाइफुल्याई उनको ४५औं लाख लगानीमा प्लटिङ गरी बेचबिखन गरेर आफु करोडपति बने भने पार्टनरसिप लगानीकर्ता टिकामायाँको सावासमेत पुरा फिर्ता नगरेर घर न घाटको बनाइ दिएका छन् ।

इमान्दार मिडियालाई प्राप्त ९० लाखको बैनापट्टा कागजात र अन्य हिसाबकिताबअनुसार टिकामयाँको लगानीमा प्लटिङ गरेर जग्गा बेचबिखन गरी उनीहरुले ३ करोड भन्दा बढी रकम आम्दानी गरेको देखिएको छ ।

सँगै लगानी गरेका पार्टनरहरुले ३ करोड कुम्ल्याउदा सँगैकि लगानीकर्ता गोलेले भने अहिलेसम्म लगानी गरेको सावाँ रकम मध्ये जम्मा १९ लाख मात्र फिर्ता लिएको र पुरा सावा पनि उठाउन नसकेको दुखेसो इमान्दार मिडियासँग पोखिन् ।

गोलेले उनीहरुसंग आफ्नो लगानीको हिस्सा माग्दा सम्पर्कमा नआउने, जग्गा प्लटिङबाट पुरा पैसा नउठेको बहाना बनाउने, मालपोत लगाएत सरकारी हाकिम, ओकिल, सचिब र कर्मचारीहरुलाई घुस खुवाउँदा पैसा सकिएको भन्दै टार्ने गरेको बताइन ।


गोलेले इमान्दार मिडियासँग भनिन् 'मैले आफ्नो पैसा माग्दा मलाइ दिनु सम्मको दुख दिए। आफ्नो खाइदिएको रकम माग्दा उल्टो भाडाका गुण्डाहरु लगाएर मलाइ हप्काउने धम्काउने पनि गरे। अहिले उनीहरुले मलाइ अनेक किसिमले मानसिक तनाब दिने गरेका छन् ।'

प्लटिङवालाहरुले गोलेलाई बुझाएको हिसाब किताबमा वडाका सचिबदेखि मालपोतका हाकिमसम्मलाई लाखौ रकम घुस खुवाएको विवरण इमान्दार मिडियालाई प्राप्त भएको छ ।

यसरी हेर्दा यो जग्गा काण्डले उनीहरु मात्र नभएर केही सरकारी हाकिमहरु समेत बिबादमा तानिने देखिन्छ।हामी उक्त प्रमाणसहितको विवरण समाबेश गरी हाम्रा पाठकसामु दलालहरुका सबै कर्तुतहरु एकएक गरी पर्दाफास गर्दै जानेछौं ।

,

प्रतिकृया दिनुहोस्

Loading...