अन्ततः रेणुकै पक्षमा सर्वोच्चको फैसला, भरतपुरमा देवीलाई लाग्यो यस्तो झट्का

  • काठमाडौं । 
लामो समय हेर्दाहेर्दैमा रहेको भरतपुर महानगरपालिका वडा नम्बर १९ को विवादको टुंगो लागेको छ । सर्वोच्च अदालतले पुनः मतदान गराउन आदेश गरेसँगै यो विवादको किनारा लागेको हो ।

पुनः निर्वाचन गराउने निर्वाचन अायोगको निर्णय सर्वोच्चले सदर गरेको हो । अाइतबार न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले पुनः मतदान गराउन आदेश दिएको छ ।

आयोगको निर्णयमा चित्त नबुझेपछि वडा नम्बर १९ का एमाले उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्बोच्चमा रिट दायर गरेका थिए ।

भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतगणना भइरहेको बेला गत जेठ १५ गते मध्यराति माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालका प्रतिनिधिले ९१ ओटा मतपत्र च्यातेका थिए ।

सर्वोच्चको आइतबारको अादेशले रेणुलाई उत्साहित बनाएको छ भने एमाले उम्मेदवार देवी ज्ञवालीलाई अाक्रोसित बनाएको छ । माओवादी केन्द्र-काँग्रेस गठबन्धन पुनः चुनाव गराउनु पर्ने पक्षमा छ भने एमाले विरोधमा छ ।

सर्वोच्चको अादेश गरेसँगै एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले कडा प्रतिक्रिया दिएका छन् । सर्वोच्चले यस्तो फैसला गर्छ भन्‍ने कल्पना समेत नगरेको बताएका छन् ।

सर्वोच्चको फैसलापछि संचारमाध्यमसँग कुरा गर्दै ज्ञवालीले सर्वोच्च अदालत जनताको अदालत नभएको पुष्‍टी भएको समेत बताए । उनले अाफू जनताको अदालतबाट जितेर अाउने बताए ।उनले नेपालको इतिहासमा स्वतन्त्र न्यायपालिकामाथि राज्यसत्ताले हस्तक्षेप गरेको अारोप समेत लगाए ।

अन्तिम फैसलाकर्ता भनेका जनता भएको बताउँदै ज्ञवालीले जनताको अदालतमा पुनः दृढतापूर्वक जाने बताए । उनले भरतपुरका जनताले अाफूलाई न्यायपूर्ण निर्णय गर्ने अपेक्षा समेत गरे ।

,

प्रतिकृया दिनुहोस्

Loading...