प्रहरीका असईको हत्या आरोपमा पक्राउ परिन यी महिला, श्रीमान फरार

  • धादिङ ।
प्रहरी सहायक निरीक्षक असईको हत्या आरोपमा एक महिलालाई आइतबार प्रहरीे पक्राउ गरेको छ । पक्राउ परेका महिलाका श्रीमान फरार छन् । 

उत्तरी धादिङको खनियाबास गाउँपालिका–४ स्थित दार्खा प्रहरी चौकीमा कार्यरत असई वीरबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा खनियाबास गाउँपालिका–४ की तारा थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो । हत्याको अनसन्धानको सिलसिलमा उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सरद खत्रीले जानकारी दिए । 

हत्या आरोप लागेका थापामगरका श्रीमान शान्तलाल भन्ने सुशील गुरुङ भने फरार छन् । उनी भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालद्वारा संचालित बलियो घर कार्यक्रमका लागि साविकको मार्पाक गाविसमा रहेर सामाजिक परिचालक पदमा कार्यरत थिए । उनीहरुको कल डिटेल, घटनाको प्रकृति र घटनास्थल लगायतका विषयमा प्रहरीले अनुसन्धान गरेपछि थापामगरलाई पक्राउ गरेको हो । 

बिहीबार प्रहरी चौकीमा नै रहेका मृतक वीरबहादुरको शव शुक्रबार बिहान प्रहरी चौकी नजिकै मकैबारीमा फालिएको अवस्थामा भेटिएको थियो । 

व्यक्तिगत रुपमा प्रयोग भएको मोबाइलको कल डिटेलका लागि अदालतसँग स्वीकृती लिनु पर्ने भएकोले अनुसन्धानका लागि केही समय लागेको भएपनि घटना अनुसन्धान भइरहेको र छिट्टै अपराधी पत्ता लाग्ने प्रहरी उपरीक्षक खत्रीले बताए । 

गोरखा जिल्ला निवासी प्रहरी सहायक निरीक्षक गुरुङ गत चैतदेखि दार्खामा कार्यरत थिए । अहिले उत्तरी धादिङमा सुरक्षा अवस्था सुधार्न प्रहरी परिचालन गरिएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...