मेयर विद्यासुन्दरले भने - पैसाको नाश गरेर काठमाडौंका खाल्डा पुर्ने काम गरिन्न...

  • काठमाडौं ।
वर्षायाममा सडकको खाल्डा पुर्नु भनेको पैसाको नाश मात्र हुने हो भन्दै काठमाण्डौंका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिकाले वर्षायामभर सडकका खाल्डाखुल्डी नपुर्ने बताएका छन् ।

आज अर्थात सोमबार ट्राफिक प्रहरीसँग भएको छलफल कार्यक्रममा मेयर शाक्यले भने, ‘खाल्डा पुर्ने काममा महानगरपालिका अघि सरेको छैन । सर्दा पनि सर्दैन ।’ उनले अघि भने,’अहिले खाल्डा पुर्दा रकम दुरुपयोग मात्रै हुन्छ । जति आलोचना भएपनि महानगरले खाल्डा पुर्दैन । जनताको करबाट उठेको रकम यसरी खेर फाल्नु हुँदैन ।’

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी सर्वेन्द्र खनालले भने स्रोतको समस्या देखाएर खाल्डा पुर्दिन नभन्न आग्रह गरे । तर मेयर शाक्यले भने सडक विभागले गरेको खाल्डा पुर्ने कामको पनि आलोचना भएको भन्दै आफ्नो अडानको बचाउ गरे । वर्षायाम सकिएपछि दशैंसम्म महानगरका सबै खाल्डा पुर्ने उनको तकै छ ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी सर्वेन्द्र खनालले भने प्रधानमन्त्रीले नै निर्देशन दिएकाले समस्यालाई गम्भीर रुपमा लिनुपर्ने बताए । ‘सडकमा खाल्डा र त्यसो हिलो र धुलोले ट्राफिकलाई चोकमा उभिन समस्या छ । सर्वसाधारणलाई त्यतिकै सास्ती छ’ खनालले भने, ‘बजेट छैन भने केही शीर्षकमा मिलाएर यता–उता गर्नुस् । तर, खाल्डा चाँही पुरिदिनुस् ।’

सडक विभागका प्रतिनिधि पनि सहभागी कार्यक्रममा खनालले आफू माग्न मात्रै विभाग र महानगर नधाउने स्पष्ट गरे । सबैले आ–आफ्नो काम समन्वयात्मक ढंगले गरे सडकमा देखिएको समस्या हट्ने उनको भनाइ थियो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...