नयाँ शक्तिमा फेरि भूकम्पः बाबुरामले अपमान गरेको भन्दै दलित नेताहरुद्वारा सामुहिक राजिनामा

  • काठमाडौं । 
नयाँ शक्ति भित्रको विवाद झन् चर्कदै गएको छ । पार्टीका प्रवक्ता खिमलाल देवकोटाले राजिनामा गरिसकेका छन् ।

दलित समुदायका एजेण्डाप्रति गम्भीर नभएर अपमान गरेको भन्दै दलित संगठनका संयोजकसहितका नेताहरुले सामुहिक राजिनामा दिएका छन् ।

दलित शक्ति नेपालका संयोजक सुशीला श्रीर्पाइलीसहित संगठन विभाग प्रमुख दिपेन्द्र बिक, प्रवक्ता दलमर्दन कामी, प्रचार विभाग प्रमुख गणेश विक, कार्यालसचिव महेन्द्र सुनारसहितका नेताहरुले सामुहिक राजिनामा दिएका छन् ।

‘दलित समुदायको सार्थक सहभागिता, प्रतिनिधित्व र उनीहरुको राजनीतिक ब्यबस्थापन हुन नसक्दा नयाँ शक्ति नेपाल पनि पुरानै सामन्ती प्रवृत्तिबाट अछुतो रहन सकेन’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । उनीहरुले ‘नयाँ शक्ति पनि पुरानै सामन्ती शैलीमा हिडेको, राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरण र दलित समुदायका सवालहरु ओझेलमा पर्ने देखिएको हामीले आफ्ना पदबाट सामूहिक राजीनामा दिएका बताएका हुन् ।



, ,

प्रतिकृया दिनुहोस्

Loading...