भोट तान्न श्रममन्त्री रमुल्ला मन्सुरसँग मिलेर विमल ढकालले ब्ल्याकमेल गरेको खुलासा....

  • काठमाडौं । 
बैदेशिक रोजगार ब्यवसायी संघ अध्यक्ष पदका उम्मेद्धार बिमल ढकालले सिण्डिकेटका नाममा मतदाता ब्यवसायीहरुसँग ब्ल्याकमेल गरेको तथ्य बाहिर आएको छ । बैदेशिक रोजगार ब्यवसायी संघको निर्वाचन भोली ३० असारमा हुँदैछ । 

निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न ढकालले मलेसियामा कामदार पठाउने मेनपावर कम्पनीहरुलाई सिण्डिकेटका नाममा ब्ल्याकमेल गरेको ब्यवसायीहरुले बताएका छन् । वैदेशिक रोजगार ब्यवसायी संघको अधिबेशन नजिक आइरहेका बेला मलेसियामा कामदार पठाउने मेनपावर कम्पनीहरुमा सिण्डिकेटको नयाँ खेल शुरु भएको छ ।

नेपालमा साढे आठ सय मेनपावर कम्पनीहरु दर्ता भएका छन् । आठ सय मेनपावर कम्पनीहरुले मलेसिया लगायतका देशमा कामदार आपूर्ति गर्दै आएका छन् । तर ढकालको सल्लाहमा सरकारले सिमित कम्पनीलाई मात्र मलेसिया पठाउने अनुमति दिने तयारी गरेको छ । कांग्रेस नेता फरमुल्ला मन्सुर श्रममन्त्री छन्, उनीसँगै मिलेर वर्तमान बैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष समेत रहेका ढकालले मलेसिया पठाउने मेनपावर कम्पनीहरुलाई सिण्डिकेटको तरवार झुण्डाउन थालेका छन् । मलेसिया पठाउने कम्पनीहरुमा सिण्डिकेट लागु भए साढे ८ सय कम्पनी मध्ये १५ कम्पनीले मात्र स्वीकृति पाउनेछन् ।

मलेसियामा कामदार आपुर्ति गर्दै आएका मेनपावर ब्यवसायीलाई उनले तर्साउन थालेको स्रोतले बताएको छ । मलाई भोट दिए तपाईहरको कम्पनीलाई स्वीकृति दिलाउँछु नत्र मलेसिया कामदार पठाउन अब गाह्रो हुनेछ, भोट तान्न ढकालले यस्तो ब्ल्याकमेल गर्न थालेको एक ब्यवसायीले बताए । तर सिण्डिकेटको तरवार झुण्डाएर ब्यवसायीबाट मत लिने प्रयास गरेको ब्यवसायीको बुझाई छ ।

मलेसियाको फरेन वर्कस सेन्ट्रलाइज म्यानेजमेन्ट सिष्टम (एफडब्लुसिएमएस) ले नेपालमा जम्मा १५ कम्पनीलाईमात्र मलेसियामा कामदार आपूर्ति गर्न पाउने अधिकार दिनेगरी त्यसको प्रक्रिया अघि बढाएको संघका अध्यक्ष ढकालले स्वीकार गरेका छन् । ढकालकै पहलमा मलेसियामा त्यसको निर्णय भइसकेको छ । अब छिट्टै नेपालमा लागु गर्ने उनको गोप्य गेमप्लान रहेको छ ।

एफडब्लुसिएमएस मलेसियन सरकारद्धारा स्वीकृत प्राप्त संस्था हो । नेपालबाट मलेसिया जाने कामदारका लागि स्वीकृति दिने काम गर्छ । यही संस्थाले बायोमेट्रिक नामक प्रणाली पनि सञ्चालन गर्दै आएको छ । यस काठमाडौंबाट ।

२०७४ असार २९ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...